खाल्डोमा डुबेर दुई बालकको मृत्यु



झापा । झापाको कमल गाउँपालिका ४ भुत्लुङखोलाको निर्माणधिन कल्भर्टको लागी खनेको खाल्डोको जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ ।

भोजपुर गुँरासे घर भई हाल सोही स्थानमा हजुरबुबा ज्ञानेन्द्र कुमार तामाङको घरमा बस्दै आएका बर्ष १४ का सुन्दर तामाङ र सोही स्थान बस्ने देवेन्द्र बुढाथोकीको छोरा बर्ष ११ का क्रेडिड बुढाथोकी हिजो दिउँसो घरमा कोही कसैलाई नभनी पौडी खेल्न गएका थिए ।

साझँसम्म पनि घर नआएपछि खोजी गर्दै जाँदा पानीमा डुबिरहेको अवस्थामा स्थानीयले शव देखेका थिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV