नेपाली लोकनृत्य सिकाउने ‘जापानी ज्यापुनी’

  • दीपेन्द्र राई

‘मेरो नाम ?’ उनले गर्वसाथ सुनाइन्, ‘जापानी ज्यापुनी ।’ नेपाली साथीहरूले माया गरेर उनलाई ‘जापानी ज्यापुनी’ भनेर न्वारान गरिदिएका रहेछन् । ललितपुरको जाउलाखेलमा भेटिएकी उनले थपिन्, ‘साथीहरूले राखिदिएको नाम त्यत्तिकै प्यारो लाग्छ । आत्मीय लाग्छ । लागिरहेको छ ।’

नेपाली साथीहरूले उपहारस्वरूप दिएको औंठी लगाउन उनले छाडेकी छैनन् । दाहिने हातको औंलामा लगाएको औंठीमा ‘जापानी ज्यापुनी’ लेखिएको छ । ‘जापानी ज्यापुनी’ लेखेको औंठी लगाउन पाउँदा उनी असाध्यै खुसी छन् । खुसीमापक यन्त्र आविष्कार भएको हुँदो हो त उनले नापेरै देखाउँथिन् ।

नेपाल र नेपाली संस्कृतिप्रति मोहित उनले नृत्य र संगीतमा प्रमाणपत्र तहसम्मको अध्ययन पार लगाएकी छन् । सन् १९९७/०९८ मा उनले पद्मकन्या क्याम्पसबाट नेपाली नृत्य र संगीतमा प्रमाणपत्र तहसम्मको अध्ययन पार लगाएकी हुन् ।

काठमाडौंको बागबजारमा रहेको पद्मकन्या क्याम्पसबाट नृत्य र संगीतसम्बन्धी अध्ययन गर्ने पहिलो विदेशी विद्यार्थीका रूपमा उनलाई सम्मान गरिएको थियो । सोही क्याम्पसमा अध्ययन गर्दा आयोजित लोक तथा आधुनिक नृत्यमा प्रथम र शास्त्रीय नृत्यमा दोस्रो हुँदा राजा वीरेन्द्रबाट पुरस्कार थापेको उनलाई हिजैजस्तो लाग्छ ।

नेपाली लोकनृत्यमा पुर्याएको योगदानको कदरस्वरूप तात्कालिक राष्ट्रियसभा अध्यक्ष बेनीबहादुर कार्कीले उनलाई सांस्कृतिक दूतका रूपमा सम्मान गरेका थिए ।

‘खुसियालीमा मात्र होइन, नृत्यबाट दर्शकलाई खुसी पार्न सक्नु सफल नृत्य हो,’ उनको भनाइ छ, ‘नेपालका लोकनृत्यसम्बन्धी आफूले हासिल गरेको त्यही ज्ञान जापानी र जापानमा रहेका नेपालीलाई पनि सिकाउँदै आएकी छु ।’ उनले जापानको बाको विश्वविद्यालयमा नेपाली लोकनृत्य र संगीत पढाउँछिन् । सिकाउँछिन् ।

जापानका ‘प्राइभेट इन्स्टिच्युट’मा समेत उनले नेपाली लोकनृत्य र संगीत पढाउँदै, सिकाउँदै आएकी छन् । ‘लोकनृत्य सिक्न आएका जापानमा रहेका नेपालीले भने निरन्तरता दिन सक्दैनन्,’ उनले धक नमानी सुनाइन्, ‘छाडिहाल्छन् ।’

‘४ देखि ६० वर्षसम्मका दुई हजारभन्दा बढी जापानीलाई नेपाली लोकनृत्य सिकाएकी छु,’ जापान फर्किनुअघि युको ओकामोतोले खुसी व्यक्त गरिन्, ‘जापानमा नेपाली नाच सिकाउने र देखाउने म एक्ली हुँ ।’ उनका छोरा र छोरी पनि आफूसँगै नेपाली लोकनृत्य नाच्ने गरेकोमा उनले गर्व गरिन् ।

तीसभन्दा बढी नेपाली लोकनृत्यमा पारंगत उनले नेपाली लोकनृत्य अध्ययन अनुसन्धान जारी राखेकी छन् । नेपाली लोकनृत्य र संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न लागिपरेकी उनले जापानमा ‘नेपाली संस्कृति संगीत’ नामक संस्थासमेत स्थापना गरेकी छन् । ‘नेपाली संस्कृति संगीत’ले सालिन्दा जापान र नेपालमा सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

नेपाल र जापान उनका लागि पानीपँधेरोजस्तै भएको छ । विश्वका आदिवासीका लोकनृत्यबारे अध्ययन अनुसन्धान गर्ने उत्कट अभिलाषा राखेकी उनी सांस्कृतिक विविधताको देशको लोकनृत्यमै लहसिइन् । अध्ययनक्रममै उनलाई थाहा भो– नेपाली लोकनृत्यको इतिहास किरातकालभन्दा उता रहेनछ ।

बाल्यकालदेखि नै नृत्यमा सोखिन उनले आफूले जानेको, बुझेको र नाचेकोभन्दा फरक नृत्य अध्ययन गर्ने रहर गरिन् । जसको अध्ययन विश्वकै सर्वाेच्च शिखर सगरमाथाको देशबाट सुरु गर्ने गहिरो उद्देश्यसहित जापानबाट नेपाल आइन् । नेपाली लोकनृत्य अध्ययनका लागि उनी नेपालका गाउँ–गाउँ पुगेकी छन् । घुमेकी छिन् । डुलेकी छन् ।

लोकनृत्य अध्ययन गर्न नेपाल आएकी उनले अध्ययनसँगसँगै परम्परागत नृत्य पनि सिकिन् । आफूले सर्वप्रथम झ्याउरे नाच सिकेको उनले अझै बिर्सेकी छैनन् । उनले जापानी र जापानमा रहेका नेपालीलाई साकेला सिली (जसलाई राई समुदायले विभिन्न नामले पुकार्ने गर्छन्) पनि सिकाएकी छन् । सिकाउँछिन् ।

आफूले तयार पारेको पेन्टिङमा समेत उनले नेपाली लोकनृत्यकै दृश्य कैद गरेकी छन् । नेपाली लोकनृत्यप्रति मरिहत्ते गर्ने उनले नेपाली संस्कृतिसम्बन्धी आलेख पनि लेख्दै आएकी छन् ।

जापानको रेष्टुरेन्टको भित्तामा नेपाली डोको, डालो, थुन्से, ढाकरहरू झुन्डेका देख्दा त्यहाँ पुग्ने नेपाली तीनछक पर्छन् । नेपालको गाउँघर पुगेको अनुभूति गर्छन् । जापानीले पनि ती सामग्रीबारे जानकारी लिन पछि पर्दैनन् ।

जापानको टोकियो मोचिदामा तङ्कु नो माई (स्वर्गकी परी) नामक रेष्टुरेन्ट खुलेको छ । युको ओकामोतो रेष्टुरेन्ट सञ्चालक हुन् । रेष्टुरेन्टका भित्ता त्यत्तिकै आकर्षक देखिन्छन् ।

जापानको रेष्टुरेन्टको भित्तामा नेपाली डोको, डालो, थुन्से, ढाकरहरू झुन्डेका देख्दा त्यहाँ पुग्ने नेपाली तीनछक पर्छन् । नेपालको गाउँघर पुगेको अनुभूति गर्छन् । जापानीले पनि ती सामग्रीबारे जानकारी लिन पछि पर्दैनन् ।

रेष्टुरेन्टको भित्तामा झुन्डेका नेपाली डोको, डालो, थुन्से, ढाकरहरूले युकोको नेपालमोह झल्काउँछ । ‘फाइदा ?’ उनले स्वाभाविक उत्तर दिइन्, ‘रेष्टुरेन्टबाट आर्जन गरेको जे–जति कमाइ हुन्छ, त्यो सबै नेपाली लोकनृत्यमै खर्चन्छु ।’

mode_editप्रतिक्रिया

menu LIVE TV
menu LIVE TV