गधाको दुधबाट बनेको चीजको मूल्य प्रतिकिलो एक लाख



गधा भन्नेबित्तिकै हामी भारी बोक्न प्रयोग गरिने जनावरका रुपमा चिन्छौं । त्यसैले गधालाई भारी बोकाउनकै लागि पालिन्छ ।

तर, गधालाई भारी बोकाउन मात्र होइन, दुधका लागि पनि व्यावसायिक रुपमा नै पालिन्छ । सर्बियामा गधाको दुधबाट चिज उत्पादन गरिन्छ । उक्त चीज प्रतिकिलो नेपाली करिब एक लाख रुपैयाँमा बिक्री हुने गरेको छ ।

दुधका लागि गधाको व्यावसायिक पालन गर्ने सर्बियाका क्षेत्रीय संसद्का पूर्वसदस्य स्लोबोदान सिमिक हुन् । उनले गधाको दूधबाट चीज उत्पादन गर्ने आएका छन् । उनका अनुसार गधाको दुधबाट बनेको चीजको स्वाद अन्य जनावरको दुधको चिजभन्दा स्वादिलो हुन्छ । सिमिकलाई गधाको दुधबाट चीज उत्पादन गर्ने पहिलो किसान मानिन्छ ।

गधाको चीजको उत्पादन थोरै मात्र हुन्छ । त्यसैले प्रतिकिलो एक हजार युरो वा एक हजार १०० अमेरिकी डलर पर्छ । ‘हामी ५० ग्रामको प्याकेट बनाउँछौँ । एक प्याकेटले दश जनालाई पुग्छ,’ सिमिक भन्छन् ‘यो चीज कसैले पनि आधा किलो खान्छ भन्ने म सोच्नै सक्दिनँ ।’ धेरै जसो युवाहरुले प्रेमिकालाई प्रभावित पार्न गधाको चीज उपहार दिने गरेको उनले बताए ।

सर्बियाका सबैभन्दा चर्चित व्यक्तिमध्ये एक टेनिस खेलाडी नोभाक जोकोभिचले आफ्ना रेष्टुरेन्टका लागि यो चीज खरिद गर्छन् । सिमिकले एक वर्षमा जम्मा ५० किलो मात्र चीज उत्पादन गर्छन् । चीजको विदेशमा निर्यात गर्न दुग्ध पदार्थमा लगाइएका नियमहरूका कारण समस्या रहेको उनको गुनासो छ । तर, संसारभरका धनी मानिसहरू जहाज चढेर चीज खरिद गर्न आउने गरेको उनले बताए । मलेसियाबाट आएका एक धनी मानिसले एकै पटक १५ किलो चीज खरिद गरेको सिमिकले सम्झिन्छन् । (एजेन्सीको सहयोगमा)




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV