स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको अन्त्येष्टि



विराटनगर । वामपन्थी आन्दोलनका योद्धा एवं २००७ सालको क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको ९४ वर्षको उमेरमा निधन भएको छ ।

विराटनगर–१५ निवासी गुप्ता मिर्गौला रोग र मधुमेह रोगबाट पीडित थिए । उनको शुक्रबार साँझ निधन भएको थियो ।

मनमोहन अधिकारीको नेतृत्वमा वामपन्थी आन्दोलनमा सक्रिय रुपमा लागेका उनले ऐतिहासिक जुटमिल हडतालमा सक्रिय भूमिका निर्वाह गरेका थिए । १९८२ सालमा भारतको कोलकत्तामा जन्मिएका गुप्ताको २००७ सालको क्रान्तिमा ठूलो भूमिका रहेको थियो ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गुप्ताको पार्थिव शरीरमा शनिबार राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जलि अर्पण गरे । यसैगरी सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यद्वय विनोद ढकाल, महेश रेग्मीलगायतले पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

गुप्ताको शनिबारै हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने परिवारले जनाएको छ । उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV