चितवन मेडिकल कलेजले शुल्क फिर्ता गर्ने, विद्यार्थीको आन्दोलन स्थगित



चितवन । चितवन मेडिकल कलेजले अवैध रुपमा लिएको शुल्क फिर्ता गर्ने भएको छ ।

कलेजले विद्यार्थीबाट लिएको बढी शुल्क कात्तिक १८ गते सम्म फिर्ता गर्ने सहमति भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आज (शनिबार) बिहानदेखि बसेको वार्तामा कलेजले शुल्क फिर्ता अथवा समायोजन गर्ने सहमती भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

विद्यार्थीले कलेज प्रशासन समक्ष राखेका आन्तरिक सम्बन्धमा कलेज प्रशासन, अभिभावक, विद्यार्थी बीच आपसी समन्वय गरि समस्या समाधान गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए ।

साथै भोली (आइतबार)देखि नै विद्यार्थीको आन्दोलन स्थगित हुने र पठनपाठन सुचारु हुने भएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV