देश विकासको बाधक दलाल पुँजीवाद : मुख्यमन्त्री गुरुङ



लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देश विकासको बाधक दलाल पुँजीवाद भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङले शनिबार बेंसीशहर नगरपालिका–८ मा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले विदेशमा उत्पादित सामान नेपालमा ल्याएर बेच्नु र देशभित्रै काम गर्नेगरी विदेशी कम्पनीलाई जिम्मा दिने प्रवृत्ति दलाल पुँजीवाद भएको बताए ।

उद्योग, कलकारखाना सञ्चालन, स्वदेशमा उत्पादन, आम्दानी गर्न र रोजगारीको सिर्जना गर्दै गरीबीको अन्त्य गरी आम्दानी नगरेसम्म देशमा पुँजीको विकास नहुने उनको भनाइ छ । सामान्तवादको अन्त्य गर्ने र पुँजीवादी व्यवस्था ल्याउने कुरामा लोकतान्त्रिक पार्टीको सहयोगले नेपालमा नयाँ संविधान बनेसँगै नयाँ युगको शुरुआत भएको मुख्यमन्त्री गुरुङले बताए । उनले भने, “रोजागार र उत्पादनशील शक्तिको वृद्धि गर्ने सरकारको लक्ष्य छ ।”

प्रशिक्षण कार्यक्रममा नेकपा गण्डकी प्रदेशका अध्यक्ष एवम पूर्वमन्त्री हितराज पाण्डले पार्टी र सरकारको सम्बन्धबारे प्रशिक्षण दिँदै जनतासँगको सम्बन्ध प्रगाढ बनाउँदै सरकारको माध्यमद्वारा जनताको सेवा गर्नु अहिलेको मुख्य प्रथामिकता भएको बताए ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV