कास्कीबाट उम्मेदवार नहुने वामदेव गौतमको प्रष्टीकरण



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कास्की क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा उम्मेदवारी नहुने बताएका छन् ।

उपाध्यक्ष गौतमले शनिबार बसेका नेकपा सचिवालय बैठकमा आफूले उक्त क्षेत्रबाट उम्मेदवारी नदिने नदिने जानकारी गराएको बताएका छन् । उनले उम्मेदवारी दिन अनुरोध गर्ने पार्टी अध्यक्षद्वय र शुभचिन्तकहरुप्रति आभार प्रकट गरेका छन् ।

‘२०७४ मा प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो,’ उनले भनेका छन्, ‘त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।’

गौतमले आफूभन्दा त्यस क्षेत्रकै स्थानीय नेतालाई उपनिर्वाचनमा उम्मेदवार बनाए विजय प्राप्त गर्न सकिने बताएका छन् । उनले कास्कीको निर्वाचनमा त्यहाँका पार्टीका स्थानीय नेताहरु उम्मेदवारीका निम्ति पहिलो हकदर भएको प्रष्ट्याएका छन् । उनले भने, ‘कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु । ’




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV