शेयर बजारमा सुधार‚ नेप्से परिसूचक दोहोरो अंकले वृद्धि



काठमाडौं । लगातार ओरालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक सोमबार भने दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४२ विन्दुले बढेर एक हजार १३५.५६ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत ०.६८ विन्दुले बढेर २४७.०२ विन्दुमा पुगेको छ ।

नेप्से बढे पनि कारोवार रकममा भने खासै वृद्धि हुन सकेन । स्टकका अनुसार कुल १५७ कम्पनीको छ लाख ३३ हजार ९५१ कित्ता शेयर १६ करोड ८८ लाख २८ हजार रुपैयाँमा खरीद–बिक्री भए । कारोवार भएका कुल ११ उपसमूहमध्ये सोमबार एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर वृद्धि भएको छ । अन्य उपसमूह ६.८२ विन्दुले घट्दा बैंकिङ ९.८१, होटल ४९.०२, विकास बैंक ९.८९, जलविद्युत् २०.१८, वित्त ३.१७, निर्जीवन बीमा ६६.४९, उत्पादन ३८.८९, लघुवित्त १०, जीवन बीमा ७१.८६ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेका छन् ।

कारोवारका आधारमा सनराइज बैंक शीर्ष स्थानमा छ । सो बैंकको दुई करोड १३ लाख ६० हजार २६५ रुपैयाँ बराबरको कारोवार भयो । यस्तै प्रभु बैंक  एक करोड ३१ लाख ११ हजार ४७०, नेपाल बैंक एक करोड १८ लाख ९८ हजार ९५८, सानिमा बैंक ८२ लाख ३७ हजार २३६, सिटिजन बैंकको संस्थापक शेयर ७५ लाख र शिवम् सिमेन्टको ७० लाख ३४ हजार ७४० रुपैयाँमा कारोबार भइ शीर्ष स्थानमा छन् ।

स्टकका अनुसार बढेको बजारमा युनियन हाइड्रो पावर ५.८८, साञ्जेन जलविद्युत् कम्पनी ५.५२, तिनाउ मिशन डेभलपमेन्ट बैंक ५.४४, युनाइटेड फाइनान्स ५.२०, सानिमा माई हाइड्रोपावर ४.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ४.२० प्रतिशतले कमाए । माउन्टेन हाइड्रो ३.७०, आँखुखोला जलविद्युत् कम्पनी ३.६३, सानिमा बैंक ३.६२, मल्टिप्रपोज फाइनान्स कम्पनी २.९१, सेन्ट्रल फाइनान्स २.६७ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.०८ प्रतिशतले गुमाए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV