जनयुद्ध सुरु गर्ने दिन प्रचण्ड र बाबुराम कहाँ थिए ? (भिडियोसहित) « Nagarik Khabar

जनयुद्ध सुरु गर्ने दिन प्रचण्ड र बाबुराम कहाँ थिए ? (भिडियोसहित)



काठमाडौं । विक्रम संवत २०५२ साल फागुन १ गते नेपालमा नेकपा माओवादीले जनयुद्ध सुरु गर्यो । सिन्धुली, गोरखा, रुकुम र रोल्पामा एकसाथ आक्रमण गरेर औपचारिक रुपमा फागुन १ गते जनयुद्ध सुरु भएको थियो । १० वर्षसम्मको शसस्त्र संघर्ष र जनआन्दोलनको बलमा नेपालमा गणतन्त्र आयो । त्यसकै जगमा संविधानसभाबाट संविधान जारी भएको थियो ।

जनयुद्ध सुरु गर्ने शीर्ष नेतामा डा बाबुराम भट्टराई पनि एक हुन् । उनकै नेतृत्वमा ४० सुत्रीय माग सरकारसँग राखिएको थियो । यसले जनयुद्धको आधार बनाउन सहयोग गर्यो । पूर्वप्रधानमन्त्री भट्टराईसँग जनयुद्धका विभिन्न पक्षमा हामीले कुराकानी गरेका छौँ । डा. भट्टराई अहिले समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष छन् । 

कृषि बैंकको कागजात नष्ट गरेर जनयुद्ध सुरु

जनयुद्धमार्फत राजतन्त्रात्मक व्यवस्था अन्त्य नगरेसम्म देशमा लोकतान्त्रिक व्यवस्था स्थापना हुँदैन भन्ने मान्यता थियो । त्यसैले जनयुद्धबारे नागरिकलाई प्रशिक्षित गर्न ४० सुत्रीय माग सरकारसँग राखेका थियौं ।

यस माग सरकारले पूरा गर्दैन भन्ने हामीलाई थाहा थियो । तर, हामीले किन जनयुद्ध गर्दैछौं भन्ने सरकारलाई थाहा दिन पर्दछ भन्ने लागेर नै माग राखेका थियौं । हामीले एक वर्षदेखि तयारी गरेका थियौं ।

त्यो बेला संयुक्त जनमोर्चामार्फत २०५२ असोजदेखि मंसिरसम्म मैले हुम्ला हुँदै म्याग्दी, गोरखा र भोजपुरसम्मको यात्रा गरेको छु । ती ठाउँमा भएका सभामा अब जनयुद्धको विकल्प छैन भनेर भाषण गरेको छु । र, काठमाडौंको खुला मञ्चमा आएर मंसिर २२ गते अब नेपालमा ठूलो आँधीबेहरी ल्याउनु पर्दछ र आउँछ भनेर यात्रा टुङ्गाएको छु ।

माघ २१–२२ तिर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझायौं । हामी सबै ढंगबाट तयार भएर नै जनयुद्ध सुरु गरेका थियौं । सरकारको असक्षमता, अदूरदर्शिताका कारण रोल्पा र रुकुमजस्तो ठाउँमा दमन गरेर वातावरण बनाइदियो ।

मंसिर २२ गतेको कार्यक्रमपछि माघमा पोलिटब्युरो बैठक बस्यो । काठमाडौंमा बसेको त्यो बैठकमा जनयुद्धमा जाने मिति तोक्ने कुरा भयो । इतिहास बनाउने कुरा भएकाले मिति तोकेर जानु पर्दछ भनेर मैले कुरा राखें । छलफलमा मौसम आदि इत्यादि मिलाउँदा फागुनमा गर्ने भन्ने भयो । त्यसपछि मैले फागुन १ गते सुरु गरौं भनें । किनकि, अन्य मितिभन्दा १ गते सम्झन सजिलो हुन्छ । यो मिति हामीले माघको पहिलो साता तय गरेका थियौं ।

माघ २१–२२ तिर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझायौं । हामी सबै ढंगबाट तयार भएर नै जनयुद्ध सुरु गरेका थियौं । सरकारको असक्षमता, अदूरदर्शिताका कारण रोल्पा र रुकुमजस्तो ठाउँमा दमन गरेर वातावरण बनाइदियो ।

हामीले माघको पहिलो साता भएको बैठकमा नै कार्य विभाजन गरेका थियौं । कसले कुन कमाण्ड सम्हाल्ने भनेर । सुरुवाती समयमा हेडक्वाटर काठमाडौंमा नै रहने निर्णय थियो ।

प्रचण्डजी यही रहने भन्ने हो । मैले मध्य कमाण्ड सम्हाल्ने र म पोखरामा बस्ने । बादलजीले सुदूर पश्चिमको नेतृत्व गर्ने र उहाँ राप्तीतिर बस्ने । पूर्वी कमाण्ड सिपी गजुरेलले गर्ने र उहाँ पूर्वतिर नै बस्ने भन्ने थियो ।

हाम्रो सम्पर्कका लागि काठमाडौंको कोटेश्वरमा हिसिलाकी दिदी डा. कयोदेवी यमी हुनुहुन्थ्यो । उहाँकोमा फोन थियो । परिचालन त्यहीँबाट हुन्थ्यो । भुरुङखेलमा रहेको हिसिलाको आमाको घरमा हाम्रो कार्यालय थियो । महिला, युवा, विद्यार्थीको सम्पर्क कार्यालय त्यहाँ थियो ।

चितवन बैठकले तय गर्यो जनयुद्ध

म चाहीँ पोखरा गएर अमरसिंह चोकनिर डेरागरी बसें । त्यहींबाट मेरो क्षेत्रको कमाण्ड गरें । प्लानिङ पढेकाले मलाई त्यसले साथ दिएको थियो । एक ठाउँबाट नभई छरिएर काम गर्नु पर्छ । एकै ठाउँबाट भयो भने राज्य सत्ता खनिन्छ भन्ने सैद्धान्तिक निर्णय हामीले असोजताका चितवनमा बसेको मिटिङमा गरेका थियौं ।

प्रचण्डजी यही रहने भन्ने हो । मैले मध्य कमाण्ड सम्हाल्ने र म पोखरामा बस्ने । बादलजीले सुदूर पश्चिमको नेतृत्व गर्ने र उहाँ राप्तीतिर बस्ने । पूर्वी कमाण्ड सिपी गजुरेलले गर्ने र उहाँ पूर्वतिर नै बस्ने भन्ने थियो ।

नेपालको भूभाग कोशी, गण्डकी र कर्णालीको जल प्रवाहमा बगेको छ । पहिलो चरणमा यसलाई नै आधार मानेर जनयुद्ध गर्दा राम्रो हुन्छ भनी मैले प्रस्ताव गरेको हुँ ।

भौगोलिक रुपमा मिल्ने गरी र जनआधार पनि हुने गरी पूर्वमा सिन्धुली, बीचमा गोरखा र पश्चिममा रुकुम तथा रोल्पा गरी चार ठाउँमा विभाजन गरेर त्यहींबाट फौजी कारवाही गर्ने गरेका थियौं । काठमाडौं त प्रचारका लागि मात्र थियो । काठमाडौंको पेप्सीकोलाको बहुराष्ट्रिय कम्पनीमा सानो कोठा राखेर प्रचार मात्र गरेका थियौं ।

डुम्रे गएको त चिनेकै साथी भेटिए !

म फागुनको अन्तिमतिर काठमाडौं घरबाट बिदा भएर भूमिगत भई पोखरा गएर बसें । त्यो बेला सबैभन्दा गाह्रो मलाई थियो । किनकि, मलाई सबैले चिन्थे । प्रचण्डजीहरुलाई त कसैले चिन्दैन थिए । कसैले नभेट्ला भनेर डुम्रेतिर गएको थिएँ । त्यहाँ त एकजना चिनेकै साथी पो भेटें । बल्लतल्ल छलछाम गरेर हिँडें ।

जनयुद्ध सुरु हुँदा म ४२ वर्षको थिएँ । ४० बर्ष कटेपछि चश्मा लगाउनुपर्ने हुन्छ । डाक्टरले पनि लगाउनु पर्छ भन्दै थिए । मैले भूमिगत भएपछि चश्मा लगाउँछु भनेर त्यही दिनदेखि लगाएँ । त्यसअघि दाह्री पाल्थें । चश्मा लगाएको दिनै दाह्री पनि काटेको थिएँ ।

गोरखाको कमाण्ड मैले गरेको थिएँ । हामीले पर्खिएर बस्यौं । पहिलो समाचार गोरखाबाट नै आयो । बैंक चार बजे बन्द हुन्थ्यो । त्यहाँ कुनै फौजी कारबाही गर्नु पर्दैन थियो । कागजपत्र खोसेर जलाउने काम मात्र थियो । किसानहरुको ऋणको कागज पत्र नस्ट गर्ने अभियान साथीहरुले समयमा नै सफल गरे ।

फागुन १ गते विभिन्न ठाउँमा हामीले परिचालन गरेका थियौं । गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंकमा आक्रमण गर्ने योजना थियो । गोरखाको कमाण्ड मैले गरेको थिएँ । हामीले पर्खिएर बस्यौं । पहिलो समाचार गोरखाबाट नै आयो । बैंक चार बजे बन्द हुन्थ्यो । त्यहाँ कुनै फौजी कारबाही गर्नु पर्दैन थियो । कागजपत्र खोसेर जलाउने काम मात्र थियो । किसानहरुको ऋणको कागज पत्र नस्ट गर्ने अभियान साथीहरुले समयमा नै सफल गरे ।

जनयुद्ध सुरु गर्ने दिन प्रचण्ड काठमाडौंमै हुनुहुन्थ्यो । प्रचण्डजी काठमाडौंस्थित डा. कयोदेवी यमीको घरमा बस्नु हुन्थ्यो । फोनबाट उहाँलाई जानकारी दिने भन्ने थियो । मलाई गोरखाबाट हितराज पाण्डेजीले खबर गर्नुभयो । मैले प्रचण्डजी पहिलो कारबाही यसरी सफल भयो भनी खबर गरें ।

शान्ति प्रक्रिया

धेरै मान्छेहरुले शान्तिको बाटोमा भन्छन् । मलाई यो शब्द नै मन पर्दैैन । यो त क्रान्तिको बाटोमा परिस्थितिअनुसार बस्तुगत अवस्थाकोे शक्ति सन्तुलनले के भन्छ भन्ने आधारमा अपनाइने रणनीति हो ।

नेपालका आफ्नै ढङ्गको क्रान्ति हुन्छ भन्नेमा हामी थियौँ । हाम्रा दस्तावेजहरु हेर्नु भयो भने त्यहीँ पाउनु हुन्छ । त्यस कारण मुख्य माग ४० सुत्रमा नै हामीले राखेका थियौँ ।
हाम्रो केन्द्रविन्दु भनेको जनताबाट चुनिएको प्रतिनिधिले संविधान बनाउनु पर्छ भन्नेमा थियो । सकिन्छ, सत्ता नै कब्जा गर्ने लक्ष्य त्यहीँ राख्नु पर्दछ । त्यो पूर्ण नहुन पनि सक्छ भन्नेमा हामी तयार थियौँ । त्यो अवस्थामा कसरी जाने भन्ने उतिबेलै निर्णय गर्ने भन्ने थियो ।

मैले नै यो राजतन्त्रलाई रिकोनाइज नै गर्न हुन्न भनेर मैले नै लेखे, हामीले पार्टीमा छलफल नै गरेका थियौँ । प्रचण्डजी र म सँगै थियौँ । लगत्तै हामीले नै सबै दललाई आऊ भनेर आव्हान गर्यौँ । सुरुमा त कुनै पनि दलले मानेका थिएनन् । वार्ताका लागि पनि उनीहरु तयार थिएनन् ।

त्यसैले हामीले वार्ता, संवादको कुरा जनयुद्धको सुरुवातको समयमै गरेका थियौँ । मुर्ख रुपमा हामीले ड्याम, ड्याम पड्काउँदै त हिडेका थिएनौँ । जनयुद्ध सुरु गरेको ५२ सालबाट नै हाम्रो माग वार्ता मार्फत सम्बोधन हुन्छ भने तयार छौँ भनेकै थियौँ । निरन्तर भनिनै रह्यौँ ।

जब दरबार हत्याकाण्डपछि राजतन्त्र कमजोर भयो एक प्रकारले परम्परागत राजतन्त्रको अन्त्य भयो । हामीले त्यसलाई समातेर सोझ्याउनु पर्दछ भन्नेमा पुग्यौँ । मैले नै यो राजतन्त्रलाई रिकोनाइज नै गर्न हुन्न भनेर मैले नै लेखे, हामीले पार्टीमा छलफल नै गरेका थियौँ । प्रचण्डजी र म सँगै थियौँ । लगत्तै हामीले नै सबै दललाई आऊ भनेर आव्हान गर्यौँ । सुरुमा त कुनै पनि दलले मानेका थिएनन् । वार्ताका लागि पनि उनीहरु तयार थिएनन् ।

ज्ञानेन्द्र शाहले प्रत्यक्ष सत्ता हातमा लिएपछि यी दलहरु अप्ठ्यारोमा परे । ती दलहरुले नै हामी आउँछौँ भनेपछि १२ बुँदेको परिस्थिति बनेको हो । त्यो बेला प्रचण्डजीको बरु राजासँग मिलेर भए पनि कम्युनिष्टको एकदलिय सत्ता ल्याउन सकिन्छ कि भन्ने थियो । तर मैले अन्य ठाउँमा सम्भव थियो, नेपालमा हुँदैन भनेर भनेको थिए ।

नेपालमा सत्ताको मुली भनेको नै राजतन्त्र हो, बिष्णुको अवतार भनेर भ्रम छरिएको थियो । त्यसैले यसको मुल जरो भनेको नै राजतन्त्र हो भन्ने मेरो बुझाइ थियो । हाम्रो यसमा अन्तरविरोध पनि थियो ।

व्यक्तिगत हिसाबले प्रचण्डजी र मेरो सधै राम्रो सम्बन्ध रह्योे । त्यसैले मैले भन्न खोजेको चाहीँ दरबार हत्याकाण्डपछि त्यो परिस्थिति बन्यो ।

ज्ञानेन्द्रले माग १९ को कदम चालेपछि दलहरुको घैँटोमा घाम लाग्यो । त्यसको लाभ लिएर चाहीँ अब राजतन्त्र फ्याक्ने संभावना छ भन्नेमा हामी थियौँ । कमसेकम लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याउन सकिन्छ भन्नेमा पुग्यौँ ।

ज्ञानेन्द्रले माग १९ को कदम चालेपछि दलहरुको घैँटोमा घाम लाग्यो । त्यसको लाभ लिएर चाहीँ अब राजतन्त्र फ्याक्ने संभावना छ भन्नेमा हामी थियौँ । कमसेकम लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याउन सकिन्छ भन्नेमा पुग्यौँ ।

प्रचण्डजी र मैले कम्तिमा लोकतान्त्रिक गणतन्त्रसम्म जान सक्यौँ भने त्यसलाई टेकेर अगाडि बढ्न सकिन्छ भन्नेमा थियौँ । चुनवाङ बैठकले यो विषय पारित गरेर यतातिर आएका हौँ । नेपालमा यो प्रक्रिया क्रान्तिकारी परिवर्तनकै कडि हो । कसैले शान्ति प्रक्रियामा ल्याएको वा शान्ति प्रक्रियामा आएको भन्ने होइन । युद्ध र शान्ति भइरहन्छ । अहिले पनि सधैँ शान्ति कहाँ छ ?

संसारमा असन्तुष्टिहरु अहिले पनि छन् । चिलीदेखि अन्य देशहरुमा अहिले पनि आन्दोलन चलिरहेको छ । नेपालमा पनि फेरि हुँदैन भन्न त सकिदैन । हामीले राजन्त अन्त्य गर्ने क्रान्ति सफल पारेकै हो । त्यसपछि त्यहीँ बाटोमा जान कठिनाइ भएको हो ।

नेपालको भूराजनीति हेर्दा अमेरिकाले सेनालाई सहयोग गरिरहेको थियो । भारतले कुनै पनि बेला हस्तक्षेप गर्ने खतरा थियो । चीन आफ्नौ दुनियामा थियो । हामीलाई कसैको पनि समर्थन थिएन । हामी आफैले त्यो नीति लिएका थियौँ । हामीले लिएको नीति इतिहासले पनि सहि सावित ग¥यो । मलाइ गौरबको अनुभूति हुन्छ । मुलरुपमा हामीले जितेकै हो ।

जनताले जनयुद्धलाई अनुमोदन गरे

जनताले संविधानसभामा पनि पहिलो पटक जिताएका थिए । पहिलो संविधानसभामा माओवादीको जितले जनयुद्ध अनुमोदन भएको थियो । तर हामीले पार्टी भित्रको एकरुपता ल्याउन नसकेर गल्ती गरेकै हो । ०६७ सालमा पालुङटार बैठकमा हाम्रो जुन तीन लाइन संघर्ष बन्न पुग्यो ।

त्यो समयमा मेरो धारणा भने फरक थियो । हामीले शक्ति सन्तुलन मिलाएर ज ानुपर्छ भन्नेमा म थिए । हाम्रो नेतृत्वमा संविधान निर्माण भयो भने त्यसलाई टेकेर १०–१५ बर्ष शक्ति संचय गरेर फेरि अगाडि जान सकिन्छ भन्ने मेरो मत थियो ।

किरणजीले पहिले पनि जुन प्रक्रिया सुरु गरेका थियौँ, त्यो सबै बेठिक भयो भन्ने लाइन थियो । निरन्तरता दिनुपर्छ भन्नेमा किरणजी हुनुहुन्थ्यो । प्रचण्डजीको मध्यमार्गी लाइन थियो । उहाँले पनि बाबुरामसँग संघर्ष किरणसँग एकता भन्नु भएको थियो पालुङटार बैठकमा । त्यसले नयाँ अवस्थाको सिर्जना गर्यो । यसले हामी कमजोर भयौँ । अरुलाई त यो कुरा मन परेको थिएन । उनीहरु त खुसी भए ।

किरणजीले पहिले पनि जुन प्रक्रिया सुरु गरेका थियौँ, त्यो सबै बेठिक भयो भन्ने लाइन थियो । निरन्तरता दिनुपर्छ भन्नेमा किरणजी हुनुहुन्थ्यो । प्रचण्डजीको मध्यमार्गी लाइन थियो । उहाँले पनि बाबुरामसँग संघर्ष किरणसँग एकता भन्नु भएको थियो पालुङटार बैठकमा । त्यसले नयाँ अवस्थाको सिर्जना गर्यो । यसले हामी कमजोर भयौँ । अरुलाई त यो कुरा मन परेको थिएन । उनीहरु त खुसी भए ।

संविधानसभामा माओवादी ठूलो दल भएर आएको कुरा एमाले र कांग्रेसलाई पाच्य भएको थिएन । बाहिरी शक्तिहरु जो विश्वमै परिवर्तन देख्न नै चाहदैनन्, उनीहरु पनि सक्रिय भएका थिए । ठूलो गठबन्धन गरेर हामीलाई एक्लाउँदै एक्ल्याउँदै लगे ।

तर पनि मेरो बुझाइमा परिवर्तन भएकै हो । त्यो बेलामा पार्टी एक ठाउँमा भएको भए थप परिवर्तन गर्न सकिन्थ्यो । अहिलेको परिवर्तन भनेको माओवादी जनयुद्धकै बलमा भएको हो । त्यसमा आफुलाई गौरब गर्नुपर्छ ।

अब पुरानो बाटोबाट परिवर्तन हुँदैन । संविधान जारी भएपछि असोज ८ मा नयाँ पार्टी बनाउन मैले प्रचण्डजीलाई पनि भनेको थिए । मैले नयाँ समाजवादी पार्टी बनाउन प्रस्ताव गरेको थिए ।

०५२ सालपछिका परिवर्तनकारी शक्ति एक ठाउँमा हुनुपर्छ

कम्युनिष्ट पार्टी भनेर अब एक दलीय व्यवस्था सम्भव छैन । माओवादी भनेर अगाडि जान अब गाह्रो पर्छ । नेपालको परिस्थितिमा अगाडि बढ्न अब समाजवादी बाटोमा जाऔँ भनेर मैले प्रचण्डजीलाई भनेको छु । उहाँले तपाईँले भनेको कुरा ठिकै हो तर अहिले सम्भव छैन भन्नुभयो । त्यसैपछि मैले उहाँलाई अब तपाईँ आफ्नो बाटो म मेरै बाटो लागौँ भनेको थिए ।

अहिले पनि ०५२ सालपछिका परिवर्तनकारी शक्तिहरु एक ठाउँमा आउनुपर्छ । नयाँ तरिकाले एक ठाउँमा उभिएर अग्रगामी धार बन्न सक्छ । त्यो नै आजको आवश्यकता हो भन्ने मलाई लागेको छ ।

धेरैले बाबुरामले छोडेर गएको भन्छन् । मैले छोडेको होइन । मैले रुपान्तरण गर्नुपर्छ भनेको मात्र हो । माओवादी आन्दोलनलाई रुपान्तरण गर्न पाएको भए अहिले नयाँ ठाउँमा पुगिने थियो । कांग्रेस एमालेलाई त हामीले पछारेकै थियौँ नी । नयाँ धारको नेतृत्वमा मुलुक अगाडि बढ्थ्यो ।

अहिले पनि ०५२ सालपछिका परिवर्तनकारी शक्तिहरु एक ठाउँमा आउनुपर्छ । नयाँ तरिकाले एक ठाउँमा उभिएर अग्रगामी धार बन्न सक्छ । त्यो नै आजको आवश्यकता हो भन्ने मलाई लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: