युरिक एसिडका बिरामीले के खाने, के नखाने ? « Nagarik Khabar

युरिक एसिडका बिरामीले के खाने, के नखाने ?



एजेन्सी । आजभोलि युरिक एसिडको समस्या धेरैलाई देखिन थालेको छ । रगतमा युरिक एसिडको मात्रा बढेर हुने जोर्नी समस्या नै युरिक एसिड अर्थात बाथरोग भनिन्छ ।

युरिक एसिड खानपान र जीवनशैलीसँग सम्बन्धित समस्या हो । यसको उपचार भनेको खानपान र जीवनशैलीमा गरिने परिवर्तन हो ।

हाम्रो रगतमा देखिने युरिक एसिडको मात्रा बढ्नुमा प्युरिन न्युक्लिक एसिडयुक्त खानेकुराहरु जिम्मेवार हुन्छन् ।

रगतमा युरिक एसिडको मात्रा प्युरिन न्युक्लिक एसिडको पाचनमा आएको गडबढीले बनेको युरिक एसिड युरियामा परिवर्तन भएर पिसाबबाट बाहिर जान नसक्दा युरिक एसिड देखिन्छ ।

पिसाबमार्फत बगाएर लैजाने र युरिक एसिडका कारण हुने समस्यालाई कम गर्ने यसको मुख्य उपचार हो ।

के खान हुन्छ ?

  • रगतमा युरिक एसिडको मात्रा निर्जलताको कारणले पनि बढ्ने गर्छ । बढेको युरिक एसिडलाई पिसापद्वारा बाहिर निकाल्न रोगीले दैनिक चार पाँच लिटर पानी पिउँनु आवश्यक छ । पानी पिउँदा एकैचोटीमा धेरै नपिएर थोरै थोरै गरेर पिउँनु पर्छ ।
  • प्रतिदिन चेरी खानाले यो रोगमा निकै लाभ पु¥याउँछ । चेरीमा एन्थोसाइन भन्ने तत्व हुुन्छ । यसले युरिक एसिडलाई न्युट्रलाइज गर्नुका साथै एसिडको क्रिष्टल बन्न नदिएर गौट वाथ हुुन बाट बचाउँछ ।
  • दैनिक एउटा स्याउको सेवन यो रोगका लागि उत्तम मानिन्छ । स्याउमा म्यालिक एसिड भन्ने तत्व पाइन्छ । जसले युरिक एसिडलाई न्युट्रलाइज गर्नुका साथै वाथ प्रकोपका दौरान हुने प्रदाहलाई पनि कम गर्छ ।
  • अमिला फलफूलमा सिट्रक एसिड पाइन्छ । जसले युरिक एसिडलाई निश्तेज गर्न सहयोग गर्छ ।
  • रेशा र चोकर युक्त, खस्रा मोटा र सग्ला खाद्यन्नकाे प्रयोगले रगतमा युरिक एसिडको मात्रा कम गर्न मद्दत गर्छ । हरिया सागसब्जी, खस्रामोटा अन्न र फलफूलमा भएका रेशाले युरिक एसिड अवशोषण गर्न र यसलाई पिसापबाट बाहिर निकाल्न सहयोग गर्छ
  • ज्वानोको झोलको सेवनले पनि यूरिक एसिड कम गर्न मद्दत पु¥याउँछ ।
  • केरा, ब्रोकाउली , काँक्रो गाजर जस्ता फलफूूल तथा तरकारीहरूमा प्रशस्त एण्टिअक्सिडेण्ट र भिटामिनहरू पाइन्छ । यी फलफूलहरूमा पाइने भिटामिन “ए”, “सी”, “ई” र “बी कम्प्लेक्स” हरूले युरिक एसिडबाट हुने बाथ कम गर्न मद्दत गर्छ ।
  • आलस ओमेगा ३ को श्रोत हो । यसले युरिक एसिड बढेर हुने पीडालाइ कम गर्छ ।
  • ग्रीन टी मा एन्टीअक्सिडेण्टको प्रचुरमात्रामा भएकोले युरिक एसिडमा राम्रो मानिन्छ ।

युरिक एसिड भएकाले के नखाने ?

  • रातो मासु, फल मासु, ठूला जनावरका मासु, हाँसको मासु, टर्की को मासु मुुटु,कलेजो मिर्गौला र गिदी जस्ता मासु खान हुँदैन । रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुनेभएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्न थाल्छ । 
  • समुद्री खाद्यान्न विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , ट्यूना, एन्कोभिज प्रजातीका माछाहरुमा प्युरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दा राम्रो मानिँदैन ।
  • युरिक एसिड बढ्दा रक्सी, ब्राण्डी, ह्वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन खानु हुँदैन ।   
  • कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेय हरुले यूरिक एसिडलाई बढाउँछ ।  
  • दाल तथा गेडागुडीमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरीरमा प्रशस्त यूरिक एसिड बन्छ ।
  • कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुंगो , च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ ।  
  • जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूडमा हालिएको प्रीजरभेटीभ ले पनि रगतमा युरिक एसिडको मात्रालाई बढाउन सहयाेग गर्छ । 
  • अचार, तामा , गुन्द्रुक,सिन्की लगायतका खाँदेका खानेकुरा पनि खानु हुँदैन ।  
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: