चुरे विनास : जोगी बनेकाहरु र जोगी बन्न पालो कुरेर बसेकाहरु « Nagarik Khabar

चुरे विनास : जोगी बनेकाहरु र जोगी बन्न पालो कुरेर बसेकाहरु



  • कृष्णहरि घिमिरे

बिहानै गाउँबाट फोन आयो । लौन अलिकति जाली चाहियो । ‘किन चाहियो त जाली ?’ म सोध्छु । चुरेको खहरे आएर ठोकियो, खेत सबै बगर बन्ने भयो, अलिकति जाली पाउन पाए कटान रोकिन्थ्यो कि’ भन्दै अनुरोध गरे । न मसँग जाली न त्यो जाली दिने दाता म । मन अमिलो भयो । फेरि एउटा जोगी बन्ने भएछ भन्ने लाग्यो ।

मेरो घर कमलामाई नगरपालिका वडा नं. १० को जहानटोल सिन्धुली हो । म चुरेको काखबाट बग्ने कमला नदीको किनारमा बस्छु । मेरो दैनिक रोजीरोटी चल्ने कमला किनारको उर्वरभूमि यही नदीबाट सिँचाई हुन्छ । म यो नदीलाई ४८ सालदेखि निरन्तर चिन्छु । आज २२ वर्ष बितेछ यो खोलाको किनारमा भैँसी चराएको छु । नदी तारेर गाईवस्तु चराउन चुरेको डाँडा चढेको छु । बर्खामा टाउको डुवाएर भिमान स्कुल पढ्न गएको छु । कतिपटक बर्खाको भेलले बगाउँदा जीवन र मरणको दोसाँधमा पुगेर भक्कानिँदै आँखाभरी आँसु पारेर आजचाहिँ बाँचियो भन्दै घर गएको छु ।

केही वर्षदेखि खोला किनारामा पुल बन्यो । मर्नुपर्ने भएर नदी तर्नु परेको छैन । विकास गाउँमा धमाधम बनेको छ । कमलाको किनारबाटै मदन भण्डारी राजमार्ग दौडन्छ । हजारौँ मानिस र सयौ गाडी तिनका मन र मदन भण्डारी राजमार्ग दौडको मेरो घरबाट देख्दा कम्ती मज्जा आउँदैन ।

म त्यतिबेला झस्केँ । अब मेरो जोगी हुने पालो आयो । म आज पालो कुरेर बसेको छु र मजस्तै धेरै कुरेकै छन् ।

हो यही कमलानदी केहीवर्ष पहिला उर्लेर आयो । सबैभन्दा बिचमा रहेको मेरो खेत हेर्दाहेर्दै कटान भयो । केही कट्ठा जमिन सधैँका लागि बगर बन्यो । लौ मरोस मेरो त आजका मितिसम्म खानपुग्ने बाँकी छ । तर मभन्दा छेउतिर रहेका सयौँ विगाहा जमिन बगर बन्यो । सयौँ परिवार हेर्दाहेर्र्दै जोगी बने । कतिको त घरबासै उठेर बसाई हिँड्नुपर्ने अवस्था भयो ।

म त्यतिबेला झस्केँ । अब मेरो जोगी हुने पालो आयो । म आज पालो कुरेर बसेको छु र मजस्तै धेरै कुरेकै छन् ।

मेरा गाउँका ९४ वर्षका धुर्ने माझीबा हाम्रै बिचमा छन् । ती माझी बाले मलाई विगत सम्झँदै भने, ‘कुनै दिन कमला नदी सानो थियो । अनकन्टार झाडीका बिचबाट कमलानदी बग्थ्यो । दुवैतिरको बाँस जोडिन्थ्यो । हामी कति ठाउँमा त उफ्रेरै पारी र वारी गथ्र्यौ । कमला किनारको चुरे घनाजंगल थियो । बाघ, चितुवा, बँदेल, मयुर जस्ता वन्यजन्तु जताततै भेटिन्थ्यो । हामी एक्लैदुक्लै चुरेको जंगलमा गाईवस्तु लिएर जान डर मर्नुहुन्थ्यो । माछा जति पनि पाइन्थ्यो ।’ ती माझी बाले सुनाएको सत्य अहिले कत्थ्य जस्तै लाग्छ ।

तीनै माझीवा आज कमला नदीमा आँखाले भ्याउन्जेलको बगर देख्छन् । खेतीयोग्य जमिन बगर भएर जोगी भएका आफ्ना नाति पुस्ता भेट्छन् । अनि दिक्क मान्दै मलाई भन्छन्, ‘मान्छेले आफ्नै खुट्टामा बन्चरो हानेपछि कस्को के लाग्छ । नजिकैको चुरेको जंगल हामीले मास्यौं नानी । यो सारै कमलो ढुँगा गिट्टी बालुवाले बनेको छ । जानी नजानी यहीको वन हामीले सखाप पार्यौं । ढुँगा गिट्टी बालुवा झिकेर सिमेन्टका घर बनायौं । हुँदाहुँदा चुरे विनास बनाएर घरै बनाउन र खोरिया फाँड्न छोडेनौँ ।’

कति सुन्दर थियो यो खेतीयोग्य जमिन । यहीँ उत्पादित खाद्यान्न रामेछाप, ओखलढुँगा, हुँदै खोटाङसम्मका मानिस पालिएका थिए । हजारौ ढाक्रेहरु खाद्यान्न ढुवानी गर्न लस्कर लागेर आउने गरेको हाम्रै आँखाले देखेकै थियौँ । तर आज यो अवस्था छैन । उल्टै यही बस्तीको हजारौँ विगाहा जमिन बगर बन्यो । सयौँ परिवार जोगी बन्यो र घरवासै बगेर बसाई हिँड्न बाध्य भएर यहीँका बासिन्दा आज बेसाहा खान बाध्य छन् ।

कमलो चुरेमा हजारौँ खहरे बने । चुरेको ढुँगा, गिट्टी, बालुवा, र माटो बगेर कमला लगायत नजिकका नदीमा मिसियो । कमला लगायतका नदीको सतह उकासियो । ‘हिजो मानव बस्तीबाट नदेखिने कमला नदी आज खेतीयोग्य जमिनभन्दा माथि पुग्यो । त्यसैको परिणम हो नानी, यो खतियोग्य जमिन बगर बनेको र मानव बस्ती उजाड बनेको’ भनेर तर्क गर्ने माझी बा आज पनि हामीसंगै छौं । हाम्रै कारण यो अवस्था आएको बताउन छाड्दैनन् उनी ।

म १२ वर्ष हुँदादेखि नाता जोडिएको चुरेले २८ वर्षपछि भविष्य अँध्यारो देखिएको छ । हो, कुनै समय चुरे काछमा रहेर बग्ने कमला र मरिण नदीको दाँयाबाँया रहेका जमिन कसैका निम्ती डाहा गर्ने विषय बन्थे । कति सुन्दर थियो यो खेतीयोग्य जमिन । यहीँ उत्पादित खाद्यान्न रामेछाप, ओखलढुँगा, हुँदै खोटाङसम्मका मानिस पालिएका थिए । हजारौ ढाक्रेहरु खाद्यान्न ढुवानी गर्न लस्कर लागेर आउने गरेको हाम्रै आँखाले देखेकै थियौँ । तर आज यो अवस्था छैन । उल्टै यही बस्तीको हजारौँ विगाहा जमिन बगर बन्यो । सयौँ परिवार जोगी बन्यो र घरवासै बगेर बसाई हिँड्न बाध्य भएर यहीँका बासिन्दा आज बेसाहा खान बाध्य छन् ।

हो, चुरे विनासको प्रभाव सिन्धुलीको कमला र मरिण आसपासमा मात्र परेको छैन । तराईका समथर खेतीयोग्य समथर फाँट हुँदै नेपालसँग जोडिने भारतीय भूभागसम्म परेको छ । कुनै समयको बरदान यो चुरे आज अभिसाप भएको छ । यो आफैँ यस्तो भएको भने हैन ।

आज सिन्धुलीको टाँडीस्थित तल्लो धनसरी यसको नमुनाको रुपमा रहेको छ । त्यही प्रभाव र सिको गर्दै कमलामाई नगरपालिकाको भिमान, रानीवास र तिनपाटनको बेलघारीसम्म चरिचरण नियन्त्रणबाटै चुरे संरक्षण गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ । चुरे विनास रोक्ने हो भने यही साना प्रयासलाई अनुसरण गरेर अगाडि बढ्दा राम्रो उपलव्धी हासिल गर्न सकिन्छ भन्नेमा विश्वास गर्न सकिन्छ ।

हिजो चुरेको काछमा बस्ने मानिसलाई औलो लाग्छ भन्ने थियो । त्यो क्षेत्रका आदिवासी माझी, दनुवार, लगायतका मानिस मात्र चुरे आसपासमा बसोबास गर्थे । बस्ती पातलो थियो । पछिल्लो आधा शताव्दीदेखि औलोको उपचार हुन थाल्यो । ग्रामीण बस्तीबाट खेतीयोग्य जमिन भएका कारण चुरे काछमा बसाँई सर्ने क्रम अत्याधिक भयो । योसंगै चुरे विनासको क्रम व्यापक भयो । अझ २०३६ सालपछि भएका हरेक राजनीतिक घट्नाक्रमसँगै चुरे दोहन गर्ने क्रम ह्वातै बढेर गयो । चुरेको काठ निकासीमा तिव्रता आयो । चुरे विनास गरेर बस्ती बसाउने र खोरिया फडानीको क्रम बढ्यो । ढुँगा, गिट्टी बालुवा निकासीको त हिसावै नगरौँ । यसैको प्रभावमा चुरेमा खहरे बन्यो । हरेक १०–१५ मिटरमा साना ठूला खहरे बनेका छन् । हामी आफैले गरेको प्राकृतिक विनासले आज आफ्नै जीवनलाई अँध्यारो बनाएको छ । हरेक वर्षासंगै हरेक रात विहान हुँदा कसको खेतियोग्य जमिन बगर बन्ने हो वा कस्को बसोवास स्थल नदी किनारमा पुगेर बसाँई हिड्नुपर्ने हो भन्ने मनोदशामा रात बिताउनुपर्ने अवस्था छ ।

यो कहालीलाग्दो अवस्थाबाट उन्मुक्तिका लागि यो क्षेत्रमा बस्ने बासिन्दाले राज्य गुहारे । चुरे विनासमा लाग्ने तस्कर लगारे तर कहीँकतैबाट पनि आफ्नो भविष्य सुरक्षित छ भन्ने अवस्था कहिल्यै आएन । राज्यले चुरे संरक्षणको नाममा माखो नमारेपछि सिन्धुलीको कमलाखुँजका बासिन्दा आपैmँ जागेर चरिचरण नियन्त्रण गरी प्राकृतिक सम्पदा विनासका कारण भएको यो डरलाग्दो समस्याको समाधान प्राकृतिक सम्पदा नै संरक्षण गरेर गर्न सकिन्छ भनेर उदाहरण दिएका छन् । चुरे काछमा बस्ने कमलाखुँजका बासिन्दा यसका अभियन्ता हुन् ।

आज सिन्धुलीको टाँडीस्थित तल्लो धनसरी यसको नमुनाको रुपमा रहेको छ । त्यही प्रभाव र सिको गर्दै कमलामाई नगरपालिकाको भिमान, रानीवास र तिनपाटनको बेलघारीसम्म चरिचरण नियन्त्रणबाटै चुरे संरक्षण गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ । चुरे विनास रोक्ने हो भने यही साना प्रयासलाई अनुसरण गरेर अगाडि बढ्दा राम्रो उपलव्धी हासिल गर्न सकिन्छ भन्नेमा विश्वास गर्न सकिन्छ ।

हिजो बगर बनेका फाँट आज हरियालीमा रुपान्तर भएको छ । चुरे संरक्षण हुन सक्छ है, हामीसँग सिक भन्दै सिन्धुलीको दुधौली नगरपालिकाको तल्लो धनसरी र कमलामाई नगरपालिकाका भिमान र रानीवास क्षेत्र र तिनपाटनको जनता बगर फाँटले सिकाउँछन् । तर नागारिक स्तरबाट यतिको प्रयत्न हुँदा पनि न स्थानीय तहले नै यो कुरामा स्वामित्व लियो । प्रदेश र संघको त कुरै छाडौँ । चुरे विनास रोक्ने अचुक उपचार हामीसँग छ है भन्ने श्याम सुनुवार लगायतका नागरिक चुरेका विज्ञ हुन् । तिनीहरु सिकाउन तयार छन्, कसैले त सिक र राती सुत्दा सम्पन्न अनि बिहान उठ्दा जोगी बन्ने अवस्थाबाट उन्मुक्ति पाउ ।

आउ मेरो नीति निर्माताले नदेखे पनि चुरे संरक्षण गर्ने उपाय सिन्धुलीले बताउँछ । तिमी पूर्वसप्तकोशी वारीदेखि दार्चुलासम्मका पीडित हौ या तराईका समथर फाँटका किसान हौ या चुरेले विस्तापित बनाएका भारतीय नागरिक तिमी आउ र चुरे संरक्षणको शिक्षा सिन्धुलीका नागरिकवाट सिक । हामी सिकाउन तयार छौँ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: