कमलामाई–रावाबैंक सम्झौता : उद्यमीले सहुलियत ऋण लिन नगरको निर्णय अन्तिम



  • दिपेश थापा

सिन्धुली । आज सिन्धुलीको कमलामाइ नगरले रास्ट्रिय बाणिज्य बैकसँग सहुलियत ऋण सम्झौता गरेको छ । यसले सिन्धुली जिल्लामा उद्यम गर्नेलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

पुरुष उद्यमीले २.८ प्रतिशत र महिला उद्यमी त्योभन्दा पनि कम वार्षिक १.८ प्रतिशत ब्याज दरमा ऋण पाउने सम्झौतामा उल्लेख छ । यो सम्झौतापछि समग्र कमलामाइ नगरभित्र ब्यापक चर्चा परिचर्चा भइरहेको छ ।

आर्थिक आर्जनका लागि ऋण लिन चाहनेहरुसँग धरौटी राख्ने के छ ? धरौटी राख्ने चिज छ कि छैन ? छैन भने किन छैन ? छ भने कति छ ? यी सबै कुरा नगरले हेरेर मात्रै वडा–वडामा गएर कमलामाइ नगरले मूल्यांकन गर्छ । त्यसपछि कमलामाइ नगरले उपयुक्त ठानेर सिफारिस गरेको मान्छेले मात्रै यस्तो ऋण पाउनेछ ।

तरकारी खेती, कृषि, उद्योग, ब्यापार, पर्यटनमा के काम गर्न ऋण चाहिएको हो ? उद्यमीसँग स्पष्ट खाका हुनुपर्छ । उद्यमीको बारेमा बुझ्ने काम नगरले गर्छ । उसको योजना सहितको बायोडाटा लिने र प्रोपोजल हेर्ने काम पनि नगरले गर्छ । उद्यमीले यसअघि गरेको गतिविधि पनि त्यहाँ खुलाउनुपर्छ ।

यस्तो ऋण काम गरेर खान्छु भन्ने नागरिकले मात्रै पाउने छ । जो पायो त्यसले पाउँदैन । साँच्चै काम गर्नेले मात्रै सस्तो ऋण पाउने आधार नगरले बनाउने छ । समग्रमा भन्नुपर्दा नगरपालिकाले काम गरेर खान्छु भन्नेलाई ऋण दिन्छ, ऋण मिल्छ ।

नगरले जसलाई पायो त्यसलाइ यस्तो ऋण दिन सिफारिस गर्दैन । किनभने यस्तो ऋण लिनेले किस्ता तिर्न सकेन भने त्यसको जिम्मेवारी नगरको स्वतः हुनेछ । नगरलाई ऋणको प्रस्ताव दुरुपयोग हुन्छ भन्ने लाग्यो भने यस्तो ऋण उद्यमीलार्इ नमिल्न पनि सक्छ ।

काम नगर्ने तर ऋण लिन्छु चलाउँछु भन्ने गलत मानसिकता बोकेर ऋणको अनुरोध नगर्दा नै उत्तम हुने देखिन्छ । कमलामाइ नगरले सम्झौता गरेर ल्याएको योजना भएकाले यो सस्तो ऋण योजनामा नगर भित्रका नागरिकले मात्रै पाउने छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: