सुनमाया मृत्यु प्रकरणः 'म सञ्चो भएर आउँछु, नातिनी दिन्छु भनेकी थिइन्' (भिडियो)


SHARES

काठमाडौं । चिकित्सकको लापारवाहीका कारण सुत्केरी महिलाको मृत्युपछि महिलाका आफन्तले अत्तरखेलस्थित नेपाल मेडिकल कलेज तोडफोड गरेका छन् ।

भोजपुरको षडानन्द नगरपालिका–८ घर भई काठमाडौंको कपनमा बस्दै आएकी सुनमाया राईको प्रसूतिको क्रममा पुस २३ गते मृत्यु भएको थियो ।

मृतकी दिदी फूलमायाका अनुसार सुनमायाको सामान्य रुपमा डेलिभरी भएको थियो । तर‚ सुत्केरीको सालनाल निकाल्न लापारवाहीपूर्वक भ्याकुम चलाउँदा मृत्यु भएको फूलमायाले दाबी गरिन् ।

‘सामान्य रुपमा डेलिभरी भएको सुत्केरीको सालना निकाल्न भ्याकुम प्रयोग गर्दा सालनालसहित आन्द्रालगायत अन्य अङ्गबाहिर आउँदा उनको मृत्यु भएको हो‚’ फूलमायाले भनिन्‚ ‘सिकारु नर्सहरुले बिनाकारण भ्याकुम चलाउँदा बहिनीको मृत्यु भयो ।’

मृतकका आफन्तका अनुसार अस्पतालमा गरिएको भिडियो एक्सरे, रगत जाँचमा सबैको रिपोर्ट नर्मल थियो । अस्पतालका डाक्टरले गर्नुपर्ने काम नर्सिङको विद्यार्थीले गर्दा सुत्केरीको मृत्यु भएको पीडितहरुके दाबी छ ।

‘एउटा कोठामा नर्मल बच्चा जन्मिएको मान्छेलाई तत्काल अर्को कोठमा हिँडाएर लगे, अनी भ्याकुम लगाए‚’ फूलमायालर् भनिन्, ‘किन यस्तो गरेको भन्दा उल्टै हेर्न पनि दिएनन् ।’

सुनमायाले मेडिकल कलेजमा नै गर्भ परीक्षण गर्दै आएकी थिइन् । उनको मृत्यु भएको तीन दिन बितिसक्दा पनि अस्पताल प्रशासनले कुनै सुनुवाइ नगरेको पीडितको गुनासो छ । नागरिकखबरकर्मीले सम्पर्क गर्न खोज्दा पनि अस्पताल प्रशासन सम्पर्कमा आउन चाहेन ।

नातिनी दिन्छु भनेकी थिइन् आफैं गइन्

मनमायाकी कान्छी छोरी हुन् सुनमाया । सुनमायाले अस्पताल जानुअगाडि आमालाई फोन गरेर नानिती ल्याइदिने बाचा गरेको सुनमायाले सुनाइन् ।

मेडिकल कलेजको प्राङ्गणमा छट्पटाइरहेकी मनमायाले भनिन्, ‘नातिनी दिन्छु भनेकी थिइन्, तर अहिले छोरीलाई नै अस्पतालले मारिदियो ।’

सुनमायाका एउटा पाँच वर्षको छोरा रहेको मनमायाले सुनाइन् । ‘अब यसलाई कसले हुर्काउँछ‚ पालन पोषण गर्छ‚’ उनले चिन्ता व्यक्त गरिन्‚ ‘सानो नातिनीलाई अहिलेसम्म अस्पतालले दिएको छैन् । मार्दिने हुन कि जिउँदै दिने हुन् थाहा छैन ।’

सुनमायाका श्रीमान जितबहादुर राई वैदेशिक रोजगारीको सिलसिलमा कतारमा छन् । उनी कतार गएको दुई महिना पुग्न लागेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV