माघेसंक्रान्तिमा तीन प्रदेशमा विदा, काठमाडौंमा एकै स्थानमा माघे मनाउँदै मगर र थारु


SHARES

काठमाडौं । मगर र थारु समुदायको ठूलो चाड तथा नेपालीहरुकै महत्वपूर्ण पर्व माघेसंक्रान्ति पर्व नजिकिएको छ । मगर, थारु, छन्त्याल र अन्य समुदायले आ–आफ्नो परम्पराअनुसार माघेसंक्रान्ति पर्व मनाउने गर्दछन् । सबै समुदायले माघे संक्रान्तिको आ–आफ्नो तयारी थालेका छन् ।

माघेसंक्रान्तिको अवसरमा तीनवटा प्रदेशमा सार्वजनिक विदा दिइएको छ । प्रदेश नं. २, गण्डकी प्रदेश र प्रदेश नं. ५ ले माघेसंक्रान्तिमा सार्वजनिक विदा दिएका हुन् । प्रदेश ५ सरकारले १ र २ गते गरी दुई दिन विदा दिएका छन् । प्रदेश २ र गण्डकी प्रदेशले माघ १ गते सार्वजनिक विदा दिएका छन् ।

काठमाडौंमा एकै स्थानमा माघे मनाउँदै मगर र थारु

काठमाडौं उपत्यकामा बसोबास गर्ने मगर र थारु समुदायले माघेसंक्रान्ति पर्व एकै स्थानमा मनाउन लागेका छन् । काठमाडौंको टुँडीखेलमा मगर र थारुले माघे पर्व मनाउन लागेका हुन् । मगरहरुले माघेसकराती र थारुहरुले माघीको रुपमा यो पर्वलाई मान्दछ ।

एकै स्थानमा माघेसंक्रान्ति मनाउने भए पनि मगर र थारु समुदायले आ–आफ्नो मञ्च र तरिकाले पर्व मनाउने भएका छन् । मगरहरुले माघ १ र २ गते र थारुहरुले पुस २९ र माघ १ गते टुँडीखेलमा माघेसंक्रान्ति मनाउन लागेका हुन् ।

‘मगर र थारु समुदायले माघेसंक्रान्ति एकै स्थानमा मनाउँदैछौँ,’ नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनले भने, ‘यो राम्रो कुरा पनि हो । यसले अन्तरघुलन पनि गराउँदछ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २१ गते, बुधबार

menu LIVE TV