भोगाधिकार जग्गामा सरकार लचिलो


SHARES

काठमाडौं । भोगाधिकारका लागि दिइएको सरकारी जग्गाबारे सरकार लचिलो देखिएको छ ।

सरकारी जग्गा प्रयोग गरेका संघ, संस्थाले सरकारको निर्देशन पटक–पटक उल्लघंन गरे पनि त्यस्ता संघ संस्थालाई कारबाही नगरी सरकारले अर्को एकपटक अवसर दिने तयारी गरेको हो ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका अनुसार यस्ता जग्गालाई भाडमा दिन मन्त्रालयले अर्को सूचना निकाल्ने भएको छ ।

सरकारले यसअघि यस्तो सूचना तीनपटक निकालिसकेको छ । तर भोगाधिकार गरिरहेका ३ सय ५१ मध्ये १२ वटा भाडमा आउन तयार देखिएका छन् भने बाँकीले अटेर गरेका छन् ।

भाडामा आउन तयार नभएका संघ संस्थालाई कारबाही गर्न सरकार हिचकिचाएको छ ।

भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनक जोशीले त्यस्ता संघ, संस्थालाई भाडामा आउन मन्त्रालयले अर्को सूचना निकाल्न लागेको र आउन नचाहने संघ संस्थाको हकमा के गर्ने भन्ने विषयमा मन्त्रालयले आन्तरिक छलफल गरेको बताए ।

आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV