सभामुख कहिले कहिले बासको टुंगो अहिले !


SHARES

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र सभामुख चयन गर्न रस्साकस्सी छ ।

शीर्ष नेतृत्वको आ–आफ्नै अडानका कारण एक महिनादेखि संसद् बैठक सञ्चालन हुनसकेको छैन । सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा तेस्रो पटक संसद् बैठक स्थगित भएको छ ।

तर यस्तो अन्योलको अवस्थामा सरकारले भने सभामुख बस्ने निवासको टुंगो लगाएको छ । संसद् सचिवालयकी एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलानपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना बालुवाटारस्थित सभामुख निवासमा सरेका छन् ।

तर नयाँ सभामुख चयन प्रक्रिया अगाडि बढेसँगै शहरी विकास तथा भवन निर्माण विभागले सभामुखका लागि निवास तयारी अवस्थामा राखेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई मन्त्रीनिवास पुल्चोकस्थित सरकारी क्वार्टरमा सारेर सभामुखका लागि निवास तयारी अवस्थामा राखिएको छ ।

लैनचौरस्थित गैह्रीधारा सरकारी निवास खाली गराएर नयाँ सभामुखका लागि तयारी अवस्थामा राखिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा मधुसूदन रायमाझीले लेखेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २७ गते, मंगलवार

menu LIVE TV