कमजोरी सरकारको सास्ती प्रतिनिधि सभालाई !


SHARES

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभालाई लाचार छाया बनाएको आरोप लगाएको छ ।

सभामुखको विषयमा पार्टीभित्र विवाद बढेसँंगै आइतबार आह्वान गरेको प्रतिनिधि सभा बैठक माघ ६ गतसम्मका लागि स्थगित गरेपछि कांग्रेसले यस्तो आरोप लगाएको हो ।

प्रतिनिधि सभा बैठक स्थगित भएको सूचना आउनासाथ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै पार्टीभित्रको विवादको छायामा प्रतिनिधि सभालाई लाचार छाया बनाउन खोज्नु आपत्तीजनक र लज्जास्पद भएको जनाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ दल नेकपाको संसद्प्रतिको गैरजिम्मेवार व्यवहारका रूपमा लिएको भन्दै शर्माले प्रतिनिधि सभालाई दलगत अनिर्णयको बन्दी बनाउन नहुने बताए ।

संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुने भन्दै कांग्रेसले तीन महिनादेखि रिक्त हुँदा पनि सभामुख चयन गर्न प्रतिनिधि सभामा प्रक्रिया अघि नबढाइनु आपत्तीजनक विषय भएको पनि कांग्रेसले जनाएको छ ।

स्वयं सत्तापक्षको कारण तीन महिनादेखि सदन अवरुद्ध भएको विषयप्रति विशेष चासो राख्दै कांग्रेसले दलगत अनिर्णयको बन्दी प्रतिनिधि सभालाई नबनाउन सरकारलाई चेतावनी पनि दिएको खबर आजको नेपाल समाचारपत्र दैनिकले प्रकाशित गरेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २१ गते, बुधबार

menu LIVE TV