मनमोहन मेमोरियल क्रिकेट : गण्डकी प्रदेशलाई मलेसियाको विशाल लक्ष्य


SHARES

सुनसरी । मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले २९९ रनको विशाल लक्ष्य पाएको छ ।

इनरुवा रंगशालमा टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित ४७ ओभरमा २९८ रन बनाएको थियो । ४७ ओभरमा छोट्याइएको खेलमा मलेसियाले आठ विकेटको क्षतिमा २९८ रन बनाएको हो ।

मलेसियाका लागि तीन व्याट्सम्यानले अर्धशतकीय पारी खेले । पहिलो विकेटका लागि आइनुलसँग ७८ रनको साझेदारी गरेका भूषण सेभ ५० रनमा आउट भए । १११ बलको सामना गरेका आइनुल हाकिमले ११ चौकाको सहयोगमा सर्वाधिक ८९ रन बनाए । यस्तै, भिरन्दीप सिंहले ५०, अहमद फैजले ३१ तथा मोहम्मद आरिफले २० रन जोडे ।

गण्डकी प्रदेशका विपिन खत्रीले ३ र चन्द्र पौडेलले २ विकेट हात पारे । दुवै टोली एक–एक खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV