मनमोहन मेमोरियल क्रिकेटः मलेसियाको सान्त्वना जित


SHARES

सुनसरी । मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मलेसिया सेलेक्सन एघारसँग गण्डकी प्रदेश १९२ पराजित भएको छ ।

सोमबार भएको खेलमा मलेसियाले दिएको २९९ रनको लक्ष्य पच्छ्याएको गण्डकीले २७.२ ओभरमा अलआउट हुनअघि १०६ रन बनाएको थियो । गण्डकीका लागि विपिन खत्रीले ४२, प्रवीण ढकालले १९ तथा विधान श्रेष्ठले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मलेसियाका सुहारिल फेत्रीले ४, मोहम्मद हाफिज र विजय उन्नीले समान ३–३ विकेट लिए ।

यसअघि, इनरुवा रंगशालमा टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित ४७ ओभरमा २९८ रन बनाएको थियो । मलेसियाका लागि तीन व्याट्सम्यानले अर्धशतकीय पारी खेले । आइनुल हाकिमले ८९, भूषण सेभ र भिरन्दीप सिंहले समान ५० रन बनाए । गण्डकी प्रदेशका विपिन खत्रीले ३ र चन्द्र पौडेलले २ विकेट हात पारे ।

जितविहीन बनेको गण्डकी र एक खेलमा विजयी बनेको मलेसिया पनि प्रतियोगिताबाट बाहिरिएका हुन् । समुह डीबाट शतप्रतिशत नतिजा निकाल्दै सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान बनाएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV