ए डिभिजन लिगः च्यासल र एपिएफ गोलरहित बराबरीमा


SHARES

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब र नेपाल एपिएफ क्लबले गोलरहित बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा भएको सोमबार भएको दोस्रो खेलमा च्यासलले एपिएफविरुद्ध बल पोजिसन राखे पनि गोल गर्न भने सकेनन् ।

आजको बराबरीसँगै च्यासलको ६ तथा एपिएफको ५ अंक रहेको छ । च्यासल लिगको दशौं र एपिएफ एघारौं स्थानमा छ ।

आजै भएको पहिलो खेलमा न्यू रोड टिम (एनआरटी) ले नेपाल पुलिस क्लबलाई १–० ले हराएको थियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV