राष्ट्रियसभालाई किन टेर्दैनन् मन्त्री ? सांसदको यस्तो गुनासो


SHARES

काठमाडौं । पुस २० गते राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासन हृदयेश त्रिपाठीलाई छलफलमा बोलायो तर, मन्त्री आएनन् ।

विभिन्न कारण देखाउँदै मन्त्री त्रिपाठीले आफू यपस्थित नभएर मन्त्रालयका सचिवलाई छलफलमा पठाएका थिए । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

मन्त्रीको उनुपस्थितिलाई लिएर समितिले गम्भीर असन्तुष्टि जनायो । समितिका सदस्य सांसद मात्र होइन सभापति तारादेवी भट्टले समेत दुःख व्यक्त गरिन् ।

समितिको असन्तुष्टि यो पहिलो होइन । राष्ट्रियसभाका अन्य समितिको गुनासो पनि मन्त्रीले हामीलाई टेर्दैनन् भन्ने नै छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV