गायक निशान भट्टराईको अन्त्येष्टि आजै गरिने


SHARES

काठमाडौं । कार दुर्घटनामा ज्यान गुमाएका चर्चित गायक निशान भट्टराईको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

मंगलबार दिउँसो १ बजेपछि पशुपति आर्यघाटमा भट्टराईको अन्येष्टि गरिने पारिवारीक स्रोतले नागरिकखबरलाई जानकारी दिएको छ ।

दरबारमार्गमा रहेको उनको आफ्नै वान थाई रेष्टुरेन्टमा नियमित गायन प्रस्तुती सकेर घर फर्किने क्रममा उनी दुर्घटनामा परेका थिए । तीनकुनेस्थित सडक पोलमा उनले चलाएको कार ठोक्किएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते अवस्थामा उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । उपचारको क्रममा बिहान बिहान पौने पाँच बजे उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

उनको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । निशान गायिका लोचन भट्टराइका भाइ हुन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV