‘एनआरएनए मलेसिया अध्यक्षले दिएको रकम श्रमिकको हितमा खर्चन्छौं’


SHARES

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेशियाको अहिलेसम्म बैंक खाता नभएको स्पष्ट गरेको छ ।

मलेसियाको नियम कानुन अनुसार, मलेसियामा एनआरएनएको बैंक खाता खोल्न नमिल्ने जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘एनआरएनए मलेसियाको आफ्नै छुट्टै कुनै बैंक खाता छैन । यहाँको नियम कानुन अनुसार एनआरएनको बैंक खाता खोल्न मिल्दैन । आज पनि धेरै देशमा रहेका एनआरएन संस्थाको आफ्नै बैंक खाता छैनन ।’

एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले एनआरएन श्रमिक कल्याणकारी कोषमा दिएको ५० हजार रिंगेटबारे विवाद सार्वजनिक भएपछि आफ्नो बैंक खाता नै नभएको स्पष्ट पारेको हो ।

छैटौं महाधिवेसनमा नवनिर्वाचित कोषाध्यक्षलाई पूर्वघोषित ५० हजार रिंगेट हस्तान्तरण गरिएको भन्दै सो रकम श्रमिकको बृहत्तर हितका लागि नै खर्च गर्ने विज्ञप्तिमा स्पष्ट पारेको छ ।

बैंक खाता नभएपछि सबै रकम र हरहिसाब कोषाध्यक्षसँगै रहेको भन्दै एनआरएनए मलेसियाले आवश्यकताअनुसार, कार्यसमितिले निर्णय गरी खर्च गर्दै आएको स्पष्ट पारेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २१ गते, आईतवार

menu LIVE TV