ओमानका सुल्तानको निधनप्रति नेपालको तर्फबाट मन्त्री पुनबाट समवेदना


SHARES

ओमान । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले ओमानका सुल्तान कावुस विनतारिक विनताइमुर विनअल सइदको निधनप्रति नेपालको तर्फबाट ओमानको सरकार तथा जनताप्रति समवेदना प्रकट गरेका छन् ।

अन्तर्राष्ट्रिय नवीरकणीय उर्जा संघ (आइरिना) को १०औं साधारणसभामा सहभागी हुन यूएइको अबुधाबीमा रहेका मन्त्री पुन त्यहींबाट ओमानको राजधानी मस्कट पुगेर समवेदना प्रकट गरेका हुन् ।

मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नवनियुक्त सुल्तान मौसुफ हाइतम विनतारिक विनताइमुर अल सइदलाई भेटेर समवेदना प्रकट गरेका थिए ।

मन्त्री पुनले राष्ट्रपति भण्डारीले पठाएको लिखित समवेदनापत्र सुल्तानहाइतमलाई हस्तान्तरण गरे । त्यस अवसरमा मन्त्री पुनले ओमानको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना व्यक्त गर्नुका साथै नेपाल र ओमानबीच विगत ४३ वर्षदेखि कायम रहँदै आएको मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

सुल्तानहाइतमले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री पुनका साथै सम्पूर्ण नेपाली जनताका तर्फबाट समवेदना व्यक्त भएकाप्रति धन्यवाद ज्ञापन गरे । त्यसका साथै सुल्तानहाइत मविनतारिक विनताइमुर अल सइदले नेपाल र ओमानबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा समेत सो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

समवेदना प्रकट गर्ने सिलसिलामा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल तथा मन्त्री पुनका सचिवालय प्रमुखसमेत रहेका नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईं समेत सहभागी थिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV