बसभित्र हस्तमैथुन गरेको भिडियो सार्वजनिक गर्ने पक्राउ


SHARES

काठमाडौं । सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् ।

एक वर्षअघि भएको सो घटनाका आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती युवाले सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गरेको आधारमा उनलाई महानगरीय अपराध प्रहरी महाशाखाले पक्राउ गरेको जानकारी दिएको छ ।

करिब एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने अनुमान गरिएको सार्वजनिक यातायातभित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सार्वजनिक भएपछि त्यसको निकै आलोचना भएको थियो ।

सो घटनाका आरोपीलाई आजै पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिनेसमेत प्रहरीले बताएको छ ।


अपराध गर्ने व्यक्तिले नै खिचेको उक्त भिडियोमा देखिए अनुसार बस बिसौनीमा बिसाइरहेको एउटा खाली बसमा महिला चढ्दै गर्दा ती पुरुष पनि चढ्छन् र पछाडि बस्न नपाउँदै आफ्नो पाइन्ट खोलेर अनैतिक क्रियाकलाप गर्न थाल्छन् ।


उनले बारम्बार आफ्नो क्यामरा ती महिलातर्फ देखाउँछन् । तर ती महिलालाई आफ्नो पछाडि के भइरहेको छ, त्यसबारे अत्तोपत्तो छैन । महिलाको कपालमा वीर्य स्खलन गरेपछि उक्त भिडियो समाप्त हुन्छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV