कालिञ्चोक पुगेर के भनिन् श्रृंखलाले ? (तस्विरसहित)


SHARES

काठमाडौं । केही दिन अघि देशका उच्च पहाडी स्थानमा मज्जाले हिउँ पर्यो ।

हिउँमा रमाउन चाहने आन्तरिक पर्यटक हिउँ खेल्न आफूलाई पायक पर्ने डाडाँ उक्लिन थाले ।

अधिकांश नेपालीको लागि हिउँ खेल्न जाने प्रमुख गन्तव्य बनेको छ, दोलखाको कालिञ्चोक ।

कालिञ्चोक क्षेत्रमा अझै पनि हिउँ पग्लिसकेको छैन । हिउँ खेल्नकै लागि आ-आफ्नो समूह बनाएर मानिसहरु कालिञ्चोकतर्फ लाग्ने गरेका छन् ।

सामाजिक सञ्जालमा पनि हिउँमा रमाइलो गरिरहेको फोटो भिडियो प्रशस्तै देखिन्छ ।

यसैक्रममा पूर्व मिस नेपाल श्रृंखला खतिवडा पनि कालिञ्चोक पुगेकी छिन् ।

हिउँमा रमाइलो गरिरहेको तस्विर उनले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

कुरीमा खिचेको आफ्नो तस्विर श्रृंखलाले इन्स्टाग्राममा शेयर गरेकी छिन् । तस्विरसँगै उनले उक्त स्थानको तारिफ समेत गरेकी छिन् ।

'आफ्नो पछिल्लो ट्रिप' भन्दै उनले 'आफूले सोचेको भन्दा पनि निकै उत्कृष्ट गन्तव्य' रहेको उल्लेख गरेकी छिन् ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Do you wanna build a snowman? .... From our recent trip to Kalinchowk. Its so much more beautiful than we expected. More pictures soon 😊 Photo by @suman_shots #visitnepal2020

A post shared by Shrinkhala Khatiwada (@shrinkhala_) on


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV