टुँडिखेलमा माघे संक्रान्ति महोत्सव (भिडियो कुराकानी)


SHARES

काठमाडौं । सांस्कृतिक विविधता रहेको मुलुक हो, नेपाल । विभिन्न समूदायले आ-आफ्नै मौलिक चाडपर्व मनाउने गर्दछन् । ती चाडपर्वहरुको आ–आफ्नै मौलिक विशेषता रहेका छन् ।

हरेक वर्ष माघ १ गते माघे संक्रान्ति मनाउने गरिन्छ । यो पर्व नेपालका सबै समुदायले मनाउने गर्छन् । त्यसमा पनि मगर, छन्त्याल, थारु लगायतका समुदायले यो पर्वलाई आफ्नो विशेष पर्वको रुपमा मनाउने प्रचलन छ ।

विशेष गरी मगर समुदाय र थारु समुदायले आ–आफ्नो धुमधामका साथ यो पर्व मनाउने गर्छन् । काठमाडौं उपत्यकामा रहेका यस समुदायका मानिसहरुले भने टुँडिखेलमा महोत्सवको रुपमा यस पर्व मनाउँदै आएका छन् ।

नेपाल मगर संघको आयोजनामा विगत एक दशकदेखि माघ १ र २ गते माघे संक्रान्ति महोत्सव आयोजना हुँदै आएको छ ।

संघले यस बर्ष ‘माघे संक्रान्ति राष्ट्रिय चाड मनाउँदै अघि बढौं, मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं’ भन्ने मूल नारासहित टुँडिखेलमा महोत्सवको आयोजना गर्दैछ ।

माघे संक्रान्तिको विषयमा नेपाल मगरसंघका महासचिव ज्ञानेन्द्र पुन मगरसँग गरिएको विस्तृत कुराकानी हेर्नुहोस्ः

यो पढ्नुभयो ?

माघे संक्रान्तिमा सार्वजनिक बिदा दिन मगर संघको माग


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २१ गते, आईतवार

menu LIVE TV