युवती बलात्कारको आरोपमा क्रिस्चियन पास्टर पक्राउ


SHARES

काठमाडौं । युवती बलात्कारको आरोपमा क्रिस्चियन धर्मका पास्टरलाई पक्राउ गरिएको छ । परमेश्वरको डर देखाउँदै आफ्नै अनुयायी महिलालाई तीन महिनादेखि बलात्कार गरेको आरोपमा अलितपुरबाट पास्टर ध्रवबाबु जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा सिंहले जोशी बलात्कारको आरोपमा पक्राउ परेको पृष्टि गरेकी छिन् । मण्डलीमा प्रार्थना गर्न जाने सिलसिलामा पापको त्रास देखाई तीन महिनादेखि बलात्कार गर्दै आएको पीडित महिलाले प्रहरीसमक्ष उजुरी दिएपछि जोशीलाई पक्राउ गरीएको हो ।

पीडित महिलाका अनुसार जोशीले पाप मेटाउन तिमीले म सँग शारीरिक सम्पर्क गर्नुपर्छ भनेर परमेश्वरले आदेश दिनु भएको भनेर जबर्जस्ती करणी गर्दै आएका थिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २१ गते, आईतवार

menu LIVE TV