ज्योति विकास बैंकको वार्षिक मुनाफा ५४ प्रतिशत वृद्धि


SHARES

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले वृद्धि भएर ५३ करोड १३ लाख ४२ पुगेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३४ करोड ३१ लाख १५ हजार रुपैयाँ रहेको थियो ।

बैंकको मंगलबार भएको १२ औं वार्षिक साधारणसभाले निक्षेप संकलन पनि वृद्धि भएको जनाएको छ । गत आर्थिक वर्षको तुलनामा निक्षेप संकलन ५० प्रतिशतले वृद्धि भई २१ अर्ब २३ करोड ८९ लाख पुगेको छ । गत आर्थिक वर्षमा बैंकका कुल कर्जा २३ अर्ब ११ करोड २५ लाख पुगेको छ भने बैंकले खुद ब्याज आम्दानी १ अर्ब २९ करोड ४३ लाख गरेको छ ।

बैंकको मंगलबार बसेको साधारणसभाले आफ्ना सेयरधनीलाई १२ दशमलव ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । बैंकले हाल १०२ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउण्टर तथा ४५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV