प्रहरीले प्रयोग गर्ने लाठ्ठी समेत भारतबाट आयात गर्नु परेको छ : मन्त्री भट्ट


SHARES

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यापारघाटा कम गर्न औद्योगिक ग्रामको आवधारणा ल्याएको बताएका छन् ।

नेपाल प्रहरीले प्रयोग गर्ने लाठ्ठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै व्यापार घाटा कम गर्न यो अवधारणा आएको उनले बताए । केही वर्षअघिसम्म गाउँगाउँका जंगलहरुमा बेत पर्याप्त भए पनि अहिले जंगल फडानीका कारण प्रहरीले प्रयोग गर्ने लाठ्ठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्था आएको उनले बताए ।

‘हिजो केटाकेटी बेलामा बेतको जंगलहरु धेरै देखेको थिएँ । अहिले फडानी गरेर त्यहाँ बस्ती बसेका छन्‚’ मन्त्री भट्टले भने, ‘प्रहरीलाई बेतको लाठ्ठी भारतबाट आउने गरेका छन् । हाम्रो देशमा उन्नत जातका निगालोहरु पाउने भए पनि त्यसको सदुपयोग हुन सकेको छैन ।’

मंगलबार राजधानीमा स्थानीय तहका पदाधिकारीहरुसँग औद्यौगिक ग्राम विकास तथा निर्माणका लागि सम्झौतापत्र आदानप्रदान तथा छलफल कार्यक्रममा मन्त्री भट्टले स्रोत, साधन र कला भए पनि त्यसको सदुपयोग गर्न नसकिएको बताएका हुन् ।

उनले जुम्ला र दार्चुलाको राडीपाखी लिएर दिल्लीमा ससाना केटाहरु ब्यापारका लागि पुगेको स्मरण गरे । व्यापार घाटा बढ्यो भनेर मात्रै चिच्याउनुभन्दा अब घटाउनतिर सबै अग्रसर हुनुपर्ने उनले आग्रह गरे । निर्वाचनको समयमा राजनीतिक दलहरुबीच वैचारिक द्वन्द्व हुने गरे पनि विकास जनताका लागि गरिने भएकाले सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २१ गते, बुधबार

menu LIVE TV