मध्यभोटेकोशी प्रभावितलाई ६० लाख कित्ता सेयर जारी


SHARES

काठमाडौं। मध्यभोटेकोसी जलविद्युत आयोजनाले स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर वितरणका लागि नागरिक लगानी कोषसँग प्रत्याभूति सम्झौता गरेको छ ।

मंगलबार भएको सम्झौता अनुसार सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्र सिन्धुपाल्चोकका बासिन्दाका लागि १० प्रतिशतका दरले हुन आउने सय रुपैयाँ दरका ६० लाख कित्ता सेयर जारी गर्ने बताइएको छ ।

यसैगरी सर्वसाधारणका १५ प्रतिशतको ९० लाख कित्ता गरी १५ प्रतिशतका दरले हुन आउने १ करोड ५० लाख कित्ता सेयर जारी गर्ने भएको छ । एक अर्ब ५० करोड बराबरको उक्त सेयर मूल्यको प्रत्याभूतिका लागि आयोजनाले कोषसँग सम्झौता गरेको हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV