सोनाम ल्होछारको दिन सार्वजनिक बिदा

काठमाडौं । आगामी माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होछार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तामाङ समुदायले सोनाम ल्होछारलाई भव्यताको साथ मनाउँदै आएका छन् ।