४७ वर्ष पुरानो निकुञ्ज ऐन परिमार्जन हुन्छ : प्रचण्ड


SHARES

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०२९ सालमा बनेको निकुञ्ज ऐन परिमार्जन हुने क्रममा रहेको बताएका छन् ।

माडी नगरपालिकाको आयोजना तथा थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर १ माडी र आदिवासी जनजाति महासङ्घ नगर समन्वय समिति माडीको सहआयोजनामा मंगलबारदेखि माडीमा शुरु भएको प्रथम खिचरा महोत्सवको उद्घाटन गर्दै उनले चितवन राष्ट्रिय निकुञ्ज र जनताबीच द्वन्द्व बढेको तर मौजुदा ऐनले वन्यजन्तुको सुरक्षामा ध्यान दिए पनि मानिसको सुरक्षामा ध्यान नदिएका कारण ऐन संशोधन गर्नुपरेको स्पष्ट गरे ।

सो अवसरमा नेता दाहालले आइडिया फर नेपालअन्तर्गत एनआर एन एण्ड पार्टनर्स कम्पनीद्वारा ५० बिघा जमीनमा सञ्चालन गर्न लागिएको फलफूलखेती र रिसोर्टको पनि शिलान्यास गरे ।

अध्यक्ष प्रचण्डको माडीलाई ‘मणि’ बनाउन आफ्नै पहलमा विभिन्न परियोजना अघि बढिरहेको बताउँदै माडीकै सम्मानका लागि राष्ट्रियसभामा यहाँको प्रतिनिधित्व गराउन आफ्नै पहलमा गङ्गा बेलवासेलाई उम्मेदवार बनाइएको बताए । माघ ६ गतेसम्म चल्ने महोत्सवमा एक सय कक्ष छन् ।


SHARES


mode_editप्रतिक्रिया

यो पनि पढौँ



menu LIVE TV

२०७७ साल श्रावण २१ गते, बुधबार

menu LIVE TV