तीन सातामा ३६ सय छाउगोठ भत्काइयो (भिडियोसहित)


SHARES

काठमाडौं । छाउगोठ भत्काउने अभियानअन्तर्गत तीन सातामा तीन हजार ६९३ वटा छोउगोठ भत्काइएको छ ।

नेपाल प्रहरीको सक्रियतामा प्रदेश पुस ९ गतेदेखि शुरु भएको अभियानअन्तर्गत कर्णाली प्रदेश १ हजार ३८७ र सुदूरपश्चिम २ हजार ३०६ छाउगोठ भत्काइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जनकारी दिए ।

छाउगोठ बस्दा हरेक वर्ष छोरीचेली जवरजस्ती करणी, सर्पदंशलगायत विभिन्न समस्याबाट गुज्रिनु परिरहेकाले उक्त समस्या अन्त्य गर्न अभियान सञ्चालन गरिएको उनले बताए । स्थानीय सरोकारवाला निकायसँगको समन्वयमा भएकाले दीर्घकालीन रुपमा अभियानले असर पुग्ने डिआइजी क्षेत्रीको भनाइ छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २१ गते, आईतवार

menu LIVE TV