ए डिभिजन लिग : बराबरीमा रोकिए आर्मी र संकटा


SHARES

काठमाडौं । त्रिभुवन आर्मी क्लबले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबसँग बराबरी खेलेको छ ।

छैटौं चरणको आजको खेलमा खेलमा आर्मीले संकटासँग १–१ गोलको बराबरी खेलेको हो । बराबरीसँगै आर्मीले लिगको शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नवयुग श्रेष्ठको गोलमार्फत अग्रता लिएको आर्मीले लय गुमाउँदा बराबरी चित्त बुझाएको हो । आर्मीका लागि नवयुगले २९औं मिनेटमा हेडमार्फत सुन्दर गोल गरेका थिए । दिनेश हेन्जनको क्रसमा नवयुगले हेडर गोल गरेपछि आर्मीले अग्रता बनाएको थियो ।

दोस्रो हाफमा आक्रमक रणनीतिसहित मैदानमा प्रवेश गरे पनि आर्मी ५५ मिनेटमा गोलको सिकार भयो । युद्ध शाहीले गरेको फाउल प्राप्त पेनाल्टीमा संकटाका अमित तामाङले बराबरी गोल फर्काए । युद्धले दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदान छोडेपछि आर्मी ५५औं मिनेटपछि १० खेलाडीमा सीमित भयो ।

त्यसपछिको बाँकी समय दुवै टोलीले आक्रमक खेले पनि गोल गर्न नसक्दा १–१ को बराबरी खेल्नुपरेको हो । बराबरीसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । आजको १ अंकसँगै आर्मी ६ खेलबाट १३ अंकसहित लिगको दोस्रो स्थानमा यथावत् छ । संकटाको लिगमा ८ अंक भएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV