अनुचित कार्यमा अनुसन्धान गर्ने व्यवस्था मिलाउन सुझाव


SHARES

काठमाडौं । उच्चस्तरीय प्रशासन सुधार अनुगमन आयोगले अनुचित कार्यमा अनुसन्धान गर्ने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ ।

आवश्यक कानुन बनाएर कुनै न कुनै रुपमा अनुचित कार्यको अनुसन्धानले स्थान पाउनुपर्ने आयोगका अध्यक्ष काशीराज दाहालले बताए।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुचित कार्यलाई आफ्नो क्षेत्राधिकारभित्र राख्न माग गरेको भोलिपल्ट प्रशासन सुधार आयोगले सरकारलाई यस्तो सुझाव दिएको हो ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्रमा सुधार ल्याउन जरुरी रहेको बताए । त्यसका लागि नेतृत्व तहबाटै सुधार आवश्यक रहेको प्रधानन्त्रीको भनाय छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV