सानिमा बैंक र पाटन अस्पतालबीचको सम्झौता नवीकरण


SHARES

काठमाडौं । सानिमा बैंक लिमिटेड र ललितपुरको पाटनस्थित पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि भएको सम्झौता नवीकरण गरिएको छ ।

उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक डा. विष्णुप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

गत वर्ष भएको सम्झौताअनुसार बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा उक्त सम्झौता पुनः नवीकरण गरिएको छ ।

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत मासिक एक रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यका साथ बैंकले पाटन अस्पतालसँग सम्झौता गरेको जनाएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV