नेपाल स्टक एक्सेन्ज आरटिजिएसमा जानुपर्छ : अर्थमन्त्री खतिवडा


SHARES

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारको विकासका लागि नेपाल स्टक एक्सेन्ज रियल टाइम सेटलमेन्टमा जानुपर्ने सुझाव दिएका छन् ।

नेपाल स्टक एक्सचेन्जको २७ औं वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंकजस्तै नेपाल स्टक एक्सचेन्ज पनि रियल टाइम सेटलमेन्ट (आरटिजिएस)मा जानुपर्ने बताएका हुन् ।

उनले नेप्से आरटिजिएसमा गए लगानीकर्ताले एक लाख रुपैयाँले पनि ठूलो कारोबार गर्न सक्ने र बजारमा पैसाको सर्कुलर बढ्न सक्ने भएकाले बजारको विकास पनि हुने र बजारलाई गतिशील बनाउने प्रष्ट्याए । अर्थमन्त्री खतिवडाले कहिले बैंकको ब्ययाजदर घटला, कहिले तरलता बढ्ला र शेयर बजार बढ्ला भनेर बालुवाटारतिर फर्केर हेर्ने प्रवृतिको अन्त्य हुने बताए ।

अर्थमन्त्री खतिवडाले ब्रोकरको संख्या बढाउने, बैंकलाई ब्रोकर लाइसेन्स दिनेलगायतका विषयमाथि थप छलफल गर्न सकिने पनि बताएका छन् । उनले लाभांशमा दोहोरो करका विषयमा देखिएका समस्या आगामी बजेटमार्फत समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले सिडिएसीको दायरा बढाउने, धितोपत्रको कारोबारले मात्र बजार गतिशील नहुने भएकाले ऋणपत्रहरुको विकास गरिने लगायतका बजार सुधारका काम गर्न बाँकी रहेको समेत बताए । त्यस्तै, अर्थमन्त्री खतिवडाले नियामक निकाय र त्यसअन्तर्गतका संस्थाहरुबीच कहिले काहीं आउने विवाद स्वभाविक भएको बताउँदै त्यसमा सरकारले दिने निर्देशन सबैपक्षले मान्य बाध्य हुने बताए ।

मन्त्री खतिवडाले धितोपत्र बजारको विकासका लागि कानुनमा समस्या भए, निर्देशनहरुमा समस्या भए छलफल गर्न सकिने बताउँदै जारी भएका निर्देशनहरु पालनामा ध्यान दिन सबैलाई आग्रह गरे ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २१ गते, आईतवार

menu LIVE TV