२० करोड घुस विवाद : डा. गिरीले गरे प्रसाईविरुद्ध अदालतमा मुद्दा दायर


SHARES

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले झापाको बिर्तामोडमा रहेको बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका छन् ।

डा. गिरीले प्रसाईविरुद्ध बोइज्जती र मानहानी गरेको भन्दै कडा कारबाहीको माग गर्दै मुद्दा दायर गरेका हुन् । डा. गिरीले प्रसाईंले हुँदै नभएको कुरालाई कपोकल्पित तरिकाले कथा बनाएर आफ्नो चरित्र हत्या गर्न आरोप लगाएपछि अदालत जानु परेको बताएका छन् ।

प्रसाईले मेडिकल कलेज सम्बन्धनका लागि केही दिनअघि डा. गिरीले २० करोड रुपैयाँ घुस मागेको भन्दै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए । डा. गिरीले पनि त्यही पत्रकार सम्मेलन गरेर प्रसाईको आरोपको खण्डन गरेका थिए । उनले मिथ्या आरोप लगाउने प्रसाईविरुद्ध कानुनी उपचारमा जाने बताएका थिए ।

प्रसाईंले पनि डा. गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी हालेका छन् । उनले डा. गिरीको सम्पत्ति छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २१ गते, आईतवार

menu LIVE TV