अतिक्रिमित सिमा सहितको नक्सा सार्वजनिक गर्न अनेरास्वियूकाे माग


SHARES

काठमाडाै । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले भारतले अतिक्रिमित सिमा सहितको नेपालको नक्सा सार्वजनिक गर्न सरकारसंग माग गरेको छ ।

दुई संगठनबिचको एकता पछि बसेको पहिलो पूर्ण बैठकले सो निर्णय गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्दै अनेरास्वियूले एकलौटी ढंगवाट भारतले सार्वजनिक गरेको नक्सा तत्काल सच्याउन समेत भारतसंग अपिल गरेको छ ।

यस्तै बैठकले सरकारलाई जनादेश र जनताको चाहना अनुसार परिणाममुखी काम गर्न समेत आग्रह गरेको छ । सुखी नेपाल, समृद्ध नेपालको राष्ट्रिय अभियानमा विद्यार्थी संगठन सारथीको रुपमा वन्ने अनेरास्वियूले जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

गत पुष २७ र २८ गते काठमाडाैंमा वसेकाे पूर्ण बैठकले स्ववियु निर्वाचनमा होमिने निर्णय गर्दै सोही मितिमा निर्वाचन सम्पन्न गराउन सबै विश्वबिद्यालयहरुलाई दवाव दिने  निर्णाय समेत गरेकाे छ ।

बैठकले संगठनको विधान पारित गर्दै केन्द्रिय कमिटी ३ सय ३५, १ सय ११ सदस्यीय, स्थायी कमिटी ४५ सदस्यीय कायम गरेको छ । यस्तै तीनवटा आयोग समेत गठन गरेको छ । जसमा निर्वाचन आयोग, अनुशासन आयो र लेखा आयोग रहेका छन् ।

यहि माघ मसान्त भित्र, क्याम्पस,विश्वविद्यालय, जिल्ला क्याम्पसकाे एकता सम्पन गर्दै ६ महिना भित्र एकता सम्मेलन गरि सक्ने निर्णय पनि अनेरास्वियूले गरेकाे छ । 

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV