आफ्ना बेपत्ता नागरिक खोज्न कोरियाली राजदूत पोखरामा



पोखरा । अन्नपूर्ण क्षेत्रमा हराइरहेका आफ्ना नागरिकहरूबारे जानकारी लिन नेपालस्थित दक्षिण कोरियाली राजदूतसहितको टोली पोखरा पुगेको अधिकारीहरूले बताएका छन्।

त्यस क्षेत्रमा गएको हिमपहिरोमा परेका चारजना कोरियाली र तीनजना नेपाली नागरिकहरू हराइरहेका छन्। 

सम्पर्कमा नआएका कोरियाली नागरिकमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेका छन् ।

उनीहरूलाई हिमपहिरोले पुरेको आशङ्का गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए।

केसीका अनुसार काठमाण्डूस्थित कोरियाली राजदूत पार्क योङ्सि-कसहितको कोरियाली टोली पोखरा पुगेको हो।

उनीहरू आइतवार अन्नपूर्ण क्षेत्रतर्फ जान लागेका थिए। तर त्यस क्षेत्रमा रहेका सुरक्षाकर्मीले अवस्था प्रतिकूल रहेको जनाएपछि आइतवार उनीहरू पोखरामै रहेका छन्।

केसीले भने, 'राजदूतसहितको टोली घटनास्थलतर्फ जाने कुरा थियो तर आज परिस्थिति अनुकूल नभएकाले उहाँहरू पोखरामै हुनुहुन्छ।'

'भोली सम्भवतस् उहाँहरूलाई त्यता पठाउने बन्दोबस्त गरिनेछ।' केसीले जानकारी दिए।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV