सांसद रायमाझीविरुद्ध अख्तियारमा उजुरी



काठमाडौं । राष्ट्रियसभाका सांसद रमेशजंग रायमाझीको सम्पत्ति छानबिन गर्न माग गर्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

काठमाडौं अनामनगरका सौजन्य क्षेत्रीले रायमाझीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै छानबिनका लागि उजुरी दिएका हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराएको बताएका छन् ।

भोजपुरको सामान्य परिवारमा जन्मेका सांसद रायमाझीले राजनीतिको आडमा करोडौँ मूल्यपर्ने अकुत सम्पत्ति आर्जन गरेकाले छानविनको माग गरेर उजुरी दर्ता गराएको क्षेत्रीले बताए । रायमाझीले माघ ५ को राष्ट्रियसभा बैठकबाटै सरकारलाई ५० करोड रुपैयाँ तिर्न तयार भएको भन्दै गोकर्ण रिसोर्ट लिजमा दिन माग गरेका थिए ।

कांग्रेस निकट स्रोतकाअनुसार उनले सत्ता र शक्तिको चरम दुरुपयोग गरेर विभिन्न व्यापारिक प्रतिष्ठानका व्यक्तिहरुलाई तर्साएर सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV