यी युवकको गर्धनमा माछाकाे आक्रमण : दर्दनाक केही तस्बिर


SHARES

एजेन्सी । एक १६ वर्षीय युवकमाथि माछाले आक्रमण गरेको छ । ती युवकको गर्धन वारपार गर्नेगरी माछाले आक्रमण गरेको छ । माछाको आक्रमण लगत्तै आफन्तले उनलाई अस्पताल लगे । यो घटना इण्डोनेसियाको हो । फ्लाइंग निड्लफिसले मोहम्मद इदुल नामका युवकलाई आक्रमण गरेको थियो ।

आफन्तसँग माछा मार्नका लागि उनी सुलावेसी भन्ने ठाउँमा पुगेका थिए । अचानक एक माछा उडेर इदुलको गर्धनमा पुग्यो । डेलिमेलकाअनुसार शनिबारको घटनामा इदुल भने बच्न सफल भए ।

घटना लगत्तै इदुललाई अस्पताल लगियो । उनको गर्धनको शल्यक्रिया गरियो । घटनाको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् । फोटोमा इदुलको गर्धनमा माछा वारपार भएको देख्न सकिन्छ । इदुलको अवस्था अहिले सामान्य बन्ने प्रक्रियामै छ ।

शनिबार घटना भए पनि सोमबार तीन चिकित्सकले २ घन्टा लगाएर शल्यक्रिया गरे । माछालाई काटेर निकालिएको थियो । माछा लामो समयसम्म जिउँदै थियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV