समय थप्न लाग्ने हाेइन उपयोग गर्ने आइजीपी खनाल


SHARES

  • राधाकृष्ण देउजा

विध्यमान नियमावलीमा कुनै परिवर्तन नहुने हो भने नेपाल प्रहरीका वर्तमान आइजीपी सर्वेन्द्र खनालको कार्यकाल केही दिन मात्रै बाँकी छ ।

कतिपयले उनी आफ्नो कार्यकाल बढाउन दौडधुपमा रहेको भनेर हल्ला गरिरहँदा खनाल भने मध्यपश्चिमका जिल्लाहरुमा छाउपडी प्रथाविरुद्ध अभियानलाई अघि बढाउन र प्रहरीको भौतिक विकासको आफ्नो प्रयत्नहरुको परिणाम हेर्नमा व्यस्त छन् ।

खनाललाई जान्नेहरुलाई थाहा छ कि उनी आइजीपी हुनको निम्ती काम गरेर आएको होइनन् । बरु गरेको काम आवश्यक योग्यता, क्षमता भएको सत्य सरकारले मनन् गरेको हुनाले आइजीपी भएका हुन् ।

खनाल आइजीपी भइसकेपछि पनि उनको दिनगन्ती थुप्रैले गरे, आन्तरिक रुपमा सहकार्य गर्नुपर्ने सहयात्रीहरुलाइ प्रतिस्पर्धी बनाउनेदेखि राजकीय निकायमा रहेर समन्वय र नेतृत्व गर्नु पर्नेहरुलाई अनेकन हिसाबले उत्तेजित पार्ने खालका कामहरु पनि भए । तर त्यसले न खनाललाई विचलित पार्यो न उनीविरुद्ध कदम चाल्न लगाउने सोचले नै सफलता पायो ।

अनेकन अफवाह, असहयोग र कूप्रचार चिर्दै खनाल निरन्तर आफ्नो काममा लागेको लाग्यै छन् ।

परिणाम कहिले माहालेखा परीक्षकले उत्कृष्ट भन्छ, कहिले गृह मन्त्रालायले नगद पुरस्कार दिन्छ त अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध रहेका संस्थाहरुले तारिफ गरको पढ्न पाइएको छ ।

खनालकै नेतृत्व अनि अग्रजसमेतको मेहेनतले आर्जित विश्वसनीयताको जगमा चीन र भारत जस्ता देशको कार्यकारी प्रमुखले कुनै प्रकारको सुरक्षा समस्याबिना भव्यतापूर्वक नेपाल भ्रमण सफल गर्न सके, नेपालको सुरक्षा देखेर संसार दंग पर्यो ।

अपराधमा संलग्न सांसद, मन्त्रीदेखि सभामुखसम्मले जेलको चिसो हावा उनकै पालामा खाइरहेका छन् भने उनी संगठन प्रमुख हुँदा गलत गर्ने अधिकृत देखि जवानसम्मले पनि छुट पाएका छैनन् ।

समग्रमा भन्दा खनालको प्रहरी जीवन अहिलेकै अवस्थामा सकिएछ भने पनि फर्केर हेर्दा ग्लानी हैन गौरव नै गर्न सक्ने अवस्था छ ।

सायद त्यसैले हुनुपर्छ खनालसहित प्रहरीका थुप्रै अधिकृतहरुको सेवा अवधी बढ्ने अनि त्यस निम्ती दौडधुपको चर्चा भइरहँदा उनी भने प्रहरीका अधिकृत र जवानहरुको सामिप्यतामा रमाउन कालीकोट अनि रोल्पा पुगेका छन् ।

आफ्नो आवश्यकता देखे सरकारले आवश्यक निर्णय गर्छ भन्ने बुझेका खनाल भोलि के हुन्छ भन्ने चिन्तनमा भन्दा आज के गर्नुपर्छ भन्नेमा ज्यादा चिन्तित देखिन्छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV