जब नसिरुद्दिन साहले अनुपम खेरलाई ‘जोकर’ भने...



एजेन्सी । बलिउडमा नसिरुद्दिन साह तथा अनुपम खेरलाई दिग्गज कलाकारको रुपमा लिइन्छ ।

दिग्गज कलाकारको रुपमा चिनिने नसिरुद्दिनले हालै एक टिप्पणी गरेका छन्, जसले धेरैलाई आश्चर्यमा पारेको छ ।

भारतमा अहिले सरकारले ल्याएको विधेयकविरुद्ध प्रदर्शन भइरहेको छ । जसलाई लिएर बलिउड कलाकारले पनि आफ्नो विचार व्यक्त गरिरहेका छन् । केही कलाकारहरुले गेटवे अफ इन्डियामा धर्ना पनि दिएका थिए ।

सोही विषयमा नसिरुद्दिन साहले पनि टिप्पणी गरेका छन् । यसका अलावा एक अन्तर्वार्ताको क्रममा साहले खेरको विषयमा पनि टिप्पणी गरे ।

म ट्विटरमा छैन तर जो ट्विटरमा छन् उनीहरुले आफ्नो राय बनाएको मलाई आशा छ, साहले भने, अनुपम खेर यसबारेमा क्लियर छन् । तर उनले यो विषयलाई गम्भीरतापूर्वक लिनु आवश्यक देख्दिन किनकी उनी एक जोकर हुन् ।

साहको यो टिप्पणीले भारतीय गसिपहरुमा चर्चा भइरहेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV