भालुलाई आक्रमण गर्न गएका दुई बाघ : भालुको प्रतिकारमा पराजित (भिडियोसहित)


SHARES

एजेन्सी । जंगलको राजा सिंह हो, तर जंगलमा बाघको राज चल्छ । बाघ पनि कयौँ जनावरसँग डराउँछ । भारतको राजस्थानको रणथंभौर नेशनल पार्कमा यस्तै एउटा दृश्य देखिएको छ ।

भालुले आफ्नो खाना खोजिरहेको हुन्छ । त्यसै क्रममा दुई बाघले भालुलाई आक्रमण गर्न थाल्छन् । केहीबेर अगाडि बढेपछि भालुलाई कसैले आक्रमण गर्न थालेको महसुस हुन्छ । यी दुईबीच केहीबेर भिडन्त हुन्छ ।

भालु उभिएर बाघको प्रतिकार गर्छ । त्यस लगत्तै बाघ भाग्न थाल्छ । भालुले दुई बाघलाई भगाउँछ । भालुको आक्रमणबाट बाघलाई चोट आएको दृश्य देख्न सकिन्छ । दुई बाघ फेरि एक ठाउँमा बसेर आक्रमणको तयारी गर्छन् ।

यस्तोमा भालुले फेरि आक्रमणको तयारी गर्छ । दुवै बाघ भाग्छन् । भालुले आफ्नो नियमित काम थाल्छ । २१ सेकेण्डको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV