हिमालय एयरलाइन्सको काठमाडौं–चोङकिङ उडान सुरु, जुलाइदेखि ल्हासा उडान



काठमाडौं। निजी क्षेत्रको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौं–चोङकिङ उडान सुरु गरेको छ । कम्पनीले बिहीबार विहान ९ः४० बजे काठमाडौंबाट चीनको चोङकिङ उडान गरेको हो ।

क्षमता विस्तारका क्रममा चीनमा रहेका हिमाली भेगमा नियमित उडानका लागि दुईवटा एयरबस–३१९ जहाज खरिद गर्ने योजना रहेको जनाइएको छ । हिमालयका अनुसार फेब्रअरी महिनाभित्र कम्पनीले एउटा एयरबस–३१९ जहाज ल्याउनेछ ।

कम्पनीले यसअघि गत अक्टोबर २७ तारिखदेखि काठमाडौं–बेइजिङ नियमित उडान सुरू गरिसकेको छ । चीनका लागि थालेको उडानमा चोङकिङ थपिएको नयाँ नियमित गन्तब्य भएको कम्पनीले जनाएको छ ।

उडान थालिएका चिनियाँ सहरमध्ये चोङकिङ पाचौं हो । कम्पनीले बेइजिङ र चोङकिङ बाहेक गोयाङ, चाङ्सा, सेन्जेन लगायत तीन गतब्यमा साताको एउटा चार्टर उडान गर्दै आएको छ । कम्पनीले आगामी जुलाइदेखि चीनको ल्हासा उडान गर्ने योजना रहेको जनाएको छ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV