उदयपुरमा दुई यात्रुवाहक बस दुर्घटना, २७ जना घाइते



उदयपुर । उदयपुरमा दुई यात्रुवाहक बस एक आपसमा ठक्कर खाँदा २७ जना घाइते भएका छन् । गाईघाट(उदयपुर) दिक्तेल (खोटाङ) जोड्ने सगरमाथा लोकमार्गको त्रियुगा नगरपालिका १४ जितपुर खण्डमा बिहीबार दिउँसो बस एकआपसमा ठक्कर खाँदा यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरकाअनुसार गाईघाटबाट साउने तर्फ जाँदै गरेको मे१ख १७४० नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा२ख ५४१८ नम्बरको बसले एकआपसमा ठक्कर खाएका थिए ।

मे१ ख १७४० नम्वरको सवारमध्ये १२ जना घाइते भएका छन् । यसैगरी बा२ ख ५४१८ न.को बसमा सवारमध्ये १५ जना घाइते भएको एसपी बुढामगरको भनाइ छ ।

‘घाइतेमध्ये धेरैको खुट्टा, नाक, निधार, पाखुरमा चोट लागेको छ,’ उनले भने, ‘सबै घाइते खतरामुक्त भएकाले जिल्ला अस्पताल गाईघाट बोक्सेमा उपचार भइरहेको छ ।’

हात खुट्टाको हड्डीमा समस्या देखिएकालाई जिल्ला बाहिर रिफर गर्ने गरी उपचार भइरहेको प्रहरीको भनाइ छ । साँघुरो सडकमा तिब्रगतिका कारण दुवै बसले एकआपसमा ठक्कर खाएको प्रहरीको भनाइ छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV