अब सबै प्रकारका क्यान्सरको उपचार हुने सम्भावना बढ्यो : वैज्ञानिक


SHARES

एजेन्सी । बेलायत वैज्ञानिकहरुले मानव प्रतिरक्षा प्रणालीमा नयाँ पत्ता लागेको एक हिस्सालाई सबै प्रकारका क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने दावी गरेका छन् ।

बेलायतको कार्डिफ विश्वविद्यालयका वैज्ञानिकको समूहले ल्याबमा प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर लगायत अन्य कैयौँ क्यान्सरको उपचार विधि आविष्कार गरेका दावी गरेका छन् ।

वैज्ञानिकले हालै गरेको अध्ययन ‘नेचर इम्युनोलोजी’ नामक प्रतिष्ठित विज्ञान जर्नलमा प्रकाशित भएको छ । मानिसमा परीक्षण नगरिएको भए पनि अनुसन्धानकर्ताले यसमा ‘असाधारण सम्भावना’ रहेको दावी गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जीवको प्रतिरक्षा प्रणाली उसको शरीरमा हुने सङ्क्रमणविरुद्धको प्राकृतिक प्रतिरक्षा रहेको र यसले क्यान्सरगुण भएका कोषलाई पनि आक्रमण गर्ने अनुसन्धानको निष्कर्ष छ ।

कार्डिफ विश्वविद्यालका अनुसन्धादाताले मानिसको रगतमा एक विशेष टी–सेल भेटेका छन् जसले विगतदेखिको खोज पूरा भएकोजस्तो देखिएको छ । टी–सेलले शरीरबाट हटाउनुपर्ने कुनै जोखिम छ कि भनेर निगरानी गर्छ । यसमा रहेको भिन्नताले कैयौँ क्यान्सरमाथि आक्रमण गर्नसक्ने वैज्ञानिकको दावी छ ।


कार्डिफको अनुसन्धान टोलीले पत्ता लगाएको टी–सेल र रिसेप्टरले ल्याबमा कैयौँ क्यान्सरका कोषलाई मारेर देखाएको छ ।

तिनमा फोक्सोको क्यान्सर, रक्त क्यान्सर, स्तन क्यान्सर, हड्डीको क्यान्सर, प्रोस्टेटको क्यान्सर, ओभरीको क्यान्सर, मिर्गौलाको क्यान्सर र पाठेघरको क्यान्सरका कोष थिए ।

टी–सेल क्यान्सर थेरापी क्यान्सर उपचारमा पहिलेदेखि प्रयोगमा छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV