विदेशी लगानी सहज बनाउन ‘स्वचालित मार्ग’



काठमाडौं । सरकाले आकर्षक र निश्चित उद्योगमा विदेशी लगानी भित्र्याउन सहज हुने गरी ‘स्वचालित मार्ग’को व्यवस्था गर्न लागेको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीमार्फत् विभिन्न प्रकृतिका दुई दर्जन उद्योगमा स्वचालित मार्गको व्यवस्था गर्न लागिएको हो ।

नेपालमा विदेशी लगानी आकर्षणका लागि गर्नुपर्ने सुधारलाई निरन्तरता दिने क्रममा यस्तो व्यवस्था गर्न लागिएको हो ।

लगानीमैत्री वातावरण निर्माणलाई थप बलियो बनाउने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त नियमावलीको मस्यौदा बनाएको छ ।

मस्यौदा अहिले कानुन मन्त्रालयमा पुगेको छ । कानुनको रायसुझावपश्चात् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मस्यौदा मन्त्रिपरिषद्‌मा पेस गर्नेछ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि नियमावली कार्यान्वयनमा आउने छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो समाचार प्रकाशित छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV